कोरोनाबाट बाँकेमा ७ जनाको मृत्यु

सदरलाइन संवाददाता २ जेष्ठ २०७८, आईतवार १०:३२
 

नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत मधुवन नगरपालिका ९ बर्दियाका ७१ वर्षीय पुरुष, बढैयाताल १ बर्दियाका ५० वर्षीय पुरुष, रुन्टीगढी ३ रोल्पाका ३५ वर्षीय पुरुष, बढैयाताल २ बर्दियाका ८७ वर्षीय पुरुष, नेपालगञ्ज १९ बाँकेका ६० वर्षीय पुरुष र कोहलपुर १५ बाँकेका ६७ वर्षीय पुरुष तथा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत गौरीगंगा ४ कैलालीका ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।


योसंगै कोरोनाबाट बाँकेका २३४ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १८३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट सबभन्दा बढी नेपालगञ्ज प्रभावित

२ जेष्ठ २०७८, आईतवार १०:३२
नेपालगञ्ज : बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ । नेपालगञ्जमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार जिल्लामा हालसम्म १५ हजार १ सय ६९ जनामा कोरोना पुष्टि हुँदा नेपालगञ्जमा त्यसको आधा छन् । नेपालगन्जका ८ […]