नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणको दर तीब्ररुपले बढेपछि कोरोना नियन्त्रणको लागि सहयोगी स्वास्थ्य सामग्रीहरु विभिन्न सहयोगी संघ संस्थाहरुबाट जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई उपलब्ध हुन थालेका छन ।
मंगलबार गैसस बाँकेको संयोजनमा बास र नेप्लिज अमेरिकन च्याम्बर अफ कर्मशले ५ लाख ८५ हजार बराबरको पिपिई, मास्क, ग्लोब्स, अक्सिमिटर, हेण्डसेनिटाईजर बासका अध्यक्ष रमेश सिटौलाले बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाललाई हस्तान्त्रण गरेका छन् ।
बासका हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा २० हजार थान मास्क, ५ हजार ग्लोब्स, पाँच सय एमएलको १ सय वटा स्यानिटाईजर, १ सय २५ सेट पिपिई र ५० वटा अक्सिमिटर रहेका छन् । सो अवसरमा नेप्लिज अमेरिकन च्याम्बर अफ कर्मशका प्रतिनिधि अनु ओली, गैसस बाँकेका अध्यक्ष नमस्कार शाह, बासका पूर्व अध्यक्ष मन भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी मिलाप नेपाल र सर्वाङ्गिण सेवा समाजले पनि मंगलबार नै गैसस बाँकेको समन्वयमा ईन्फारेड थर्मामिटर, सर्जिकल मास्क, एन ९५ मास्क, हेण्ड ग्लोब्स, पिपिई, सेनिटाईजर गरी ६३ हजार ९ सय बराबरको सामग्री जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई उपलब्ध भएको छ ।
सो समाग्री बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाललाई हस्तान्त्रण गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
सामग्री बुझ्दै प्रजिअ गेलालले कोभिड प्रतिकार्यका लागि बास नेपाल, गैसस महासँघ बाँके शाखा र नेपलीज अमेरीकन च्याम्बर अफ कमर्सलगायतका सबै सहयोगी मनहरुलाई धन्यबाद ब्यक्त गरे । बाँकेमा ठूलो संख्यामा सक्रिय संक्रमित रहेका छन् ।