भण्डारीद्वारा मास्क र सेनिटाईजर प्रदान

सदरलाइन संवाददाता २७ बैशाख २०७८, सोमबार १८:१३
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणकाबीच बर्दियाका तरुण नेता एबम नेपाल डिष्टिलरिज प्रालि रिजनल म्यानेजर विवेकराज भण्डारीले माक्स र सेनिटाइजर हस्तान्तरण गरेकाक छन् । भण्डारीले जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगञ्ज र नेपाल पत्रकार महासंघ बाँके शाखालाई उक्त माक्स र सेनिटाइजर प्रदान गरेका हुन् ।

तरुण नेता भण्डारीले जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुवास खड्का, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्ली खड्का र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई उक्त स्वास्थ्य सामाग्री माक्स र सेनिटाइजर प्रदान गरेका हुन् ।


उनले जिल्ला प्रहरी कार्यालय बाँकेलाई १५० थान एन–९५ माक्स र ५० पीस सेनिटाइजर प्रदान गरे । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जलाई ५० थान एन–९५ माक्स र १३ थान सेनिटाइजर प्रदान गरे । यस्तै पत्रकार महासंघलाई एक सय थान माक्स र २५ थान सेनिटाइजर प्रदान गरेका हुन् ।

कोरोना भाइरस संक्रमणकाबीच प्रहरी र पत्रकारका लागि आवश्यक पर्ने स्वास्थ्य सम्बन्धि उक्त सामाग्री प्रदान गरेका हुन् । उनले सामाग्री प्रदान पश्चात सेतोखरीसंग कुरा गर्दै भने–‘मैले ब्यक्तिगतरुपमा सक्दो सहयोग गरेकोछु । यो सानो सहयोगले केही भएपनि कोरोना भाइरस संक्रमणको जोखिममा वहाँहरुलाई सहज हुनेछ ।’ उनले यस्तो महामारीमा सबैले आफूले सक्दो सहयोग गर्नुपर्ने बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा थपिए ८ सय ४३ संक्रमित

२७ बैशाख २०७८, सोमबार १८:१३
नेपालगञ्ज  : बाँकेमा सोमवार पनि ठूलो संख्यामा कोरोनाका बिरामी थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा एक हजार एक सय सात नमुना परीक्षण गर्दा ८ सय ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा भेरी अस्पतालको पीसीआर ल्याबमा ४ सय २२ नमुना परिक्षण गर्दा ३ सय ५३ जना, […]

सम्बन्धित