नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणको दर अप्रत्यशित रुपमा बढेपछि प्रहरीले रेडक्रश, युनिसेफ तथा वडा स्तरिय लागु औषध निस्तेज महाअभियानको सहकार्यमा कोभिड–१९ को महामारीबाट जोगिने सचेतना सन्देश सहित मास्क खोई अभियान जिल्ला भरी सञ्चालन गर्ने भएको छ ।
युनिसेफको आर्थिक सहयोग तथा रेडक्रशको व्यवस्थापनामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई एक सातासम्मको लागि आवश्यक पर्ने मास्क, सेनिटाइजर, फेशशिल्ड, हेण्डवास सचेतना ब्रोसियर लगायतको सामग्री रेडक्रबबाट प्राप्त भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
बाँकेमा पछिल्लो समय अप्रत्याशित रुपमा कोभिड संक्रमण बढेको र त्यसलाई नियन्त्रण गर्नको लागि स्थानीय प्रशाशनले निषेधाज्ञा जारी गरेको छ । प्रहरीको जिल्लामा रहेका ६२ युनिट मार्फत जनस्तरसम्म सचेतना सन्देस सहितको ब्रोसियर लिएर शनिबार बिहानैदेखि प्रहरीले मास्क खोई अभियान लिएर टोलटोल पुग्ने बाँकेका प्रह।ी प्रमुख तथा प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
मास्कमात्र लगाउने र बेलाबेलामा साबुन पानीले हात धुनुको साथै सनिटाईजरको प्रयोग गर्दा कोरोना संक्रमणको दर घट्ने विश्वासका साथ सो अभियान सञ्चालन गर्न लागिएको हो ।
यसैबीच सो अभियानको लागि एक सातासम्मका लागि पुग्ने सामग्री रेडक्रश बाँकेका मन्त्री अजिज अहमद सिद्दिकीले बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन कन्द्रका संयोजक शिवराम गेलाललाई हस्तान्त्रण गर्नुभएको थियो । उहाँले ततकालै कार्य सञ्चालनको लागि बाँके प्रहरी प्रमुख ओम रानालाई हस्तान्त्रण गरेका थिए ।
सो अवसरमा नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापा, जिल्ला सुरक्षा समितिका सदस्यहरु, रेडक्रशका पदधिकारीलगायतको उपस्थिति रहेको थियो ।