खजुरामै सुरु भयो एन्टिजेन टेस्ट, पहिलो दिनमै १२ जाँच गर्दा ५ संक्रमण पुष्टि

सदरलाइन संवाददाता १५ बैशाख २०७८, बुधबार १९:५२
 


खजुरा (बाँके) : बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दै जाँदा स्थानीय तहले पनि पालिका स्तरमा कोरोना परिक्षण सुरु गरेका छन् । बाँकेको खजुरा गाउपालिकाले पालिकाका कोरोना संक्रमितलाई सेवा दिने उद्देश्यले हाईफ्लो अक्सिजन सहितको ५० बेड आईशोलेसन सहित एन्टिजेन किटमार्फत कोरोना परिक्षण गर्न सुरु गरेको खजुरा गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले जानकारी दिए ।

उनले खजुरा गाउपालिकामा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन रेन्डमली १२ वटा परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको पाईएकोले पालिकामा समुदाय स्तरमै कोरोना संक्रमण पुगेको पसष्टि हुने आधार पाईएकोले जाँचको दायरा बढाउदै लैजाने बताए ।

स्वाव संकलनमा सक्रिय खजुरा गाउपालिका–१ राधापुर स्वास्थ्य चौकीका ल्याव असिस्टेन्ट मेलिना मल्लले स्वास्थ्यकर्मीले आफ्नो सुरक्षा अपनाएर अग्रभागमा सेवा प्रवाह गर्न आवश्यक रहेको बताईन । एक वर्षदेखि आफु कोरोना परिक्षण गर्दै आएको भएपनि अवस्था जटिल भए पनि सुरक्षा अपनाउन सल्लाह दिईन ।


खजुरा गाउपालिका १ सय ७९ जना संक्रमित रहेको मा २५ जना संक्रमण मुक्त भएर घर फर्केको र ६ जनाको मृत्यु भएको छ । बाँकेमा बुधबार साँझसम्म संक्रिय संक्रमित २ हजार ७ सय ८२ रहेका छन् । गम्भीर अवस्थाका १ सय ६ जना मध्याम २ सय ७ जना र भेन्टीलेटरमा ८ जना रहेका छन् भने बुधबार साँझ ७ बजेसम्म ७२ महिला १ सय ३३ पु्रष सहित २ सय ५ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा उपचाररत थप नौ जनाको कोरोनाबाट मृत्यु

१५ बैशाख २०७८, बुधबार १९:५२
नेपालगञ्ज : बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या वृद्धि भइरहेको छ । बाँकेमा उपचाररत थप नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत कैलाली टिकापुर १ की ५१ बर्षीया महिलाको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । उनको बिहीवार बिहान १० बजे मृत्यु भएको […]