बीस वर्षपछि घर फर्के विज्ञान कोइराला

सदरलाइन संवाददाता ३१ चैत्र २०७७, मंगलवार १७:०५
 

नेपालगञ्ज : बाँकेमा भेटिएका विज्ञान कोइराला २० वर्षपछि घर गएका छन् । यही चैत २४ गते बाँकेको नेपालगञ्जमा आफ्नो गाउँ खोज्दै भौतारिएका विज्ञानलाई मंगलवार प्रहरीको रोहवरमा घर पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको घर खोटाङको जन्तेढुङगा गाउँपालिका वडा नं. ५ रहेको छ । तर उनको परिवार अहिले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ सुन्दरपुर बस्दै आएको छ ।

३४ वर्षीय विज्ञानलाई उनका भाई सुवास कोईरालाको जिम्मा लगाई उदयपुर घर पठाइएको प्रहरीले जनाएको छ । विज्ञानको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्जमा रहेको निलसागर असाहय, अशक्त तथा जेष्ट नागरिक सेवा केन्द्रमा राखी उपचार तथा हेरचाह गरिएको थियो । स्वास्थ्यमा थप सुधार आएपछि उनलाई घर पठाइएको प्रहरीले मंगलवार गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।


यसैबीच विज्ञान २४ गते नेपालगञ्ज स्थित पत्रिकाको कार्यालयमा आफू हराएको र घर खोजिदिन भन्दै पुगेका थिए । सोही समयमा विज्ञानले पत्रिकासँगको कुराकानीमा आफूलाई काठमाडौंमा २४ वर्षदेखि एउटै कोठमा बन्धक बनाएर यौन शोषण गरेको बताएका थिए । यौन शोषण गर्नेहरु विदेशी हुन या नेपाली उनलाई थाहा नभएपनि विज्ञानको भनाईबाट विदेशी भएको आशंका गरिएको छ ।

परिचय सोध्दा उनले आफ्नो नामसमेत अनकनाएर भन्न गरेको पत्रिकाले लेखेको थियो । उक्त समयमा उनले आफ्नो आमाबुबाको नाम र ठेगाना समेत विर्सिएको बताएका छन् । उनले बन्धक बनाएको समयमा पेट चक्कुले चिर्नेदेखि चुरोटको ठुटाले खुट्टा पोल्नेसम्मको याताना दिएको बताएका थिए ।

Next Post

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

३१ चैत्र २०७७, मंगलवार १७:०५
काठमाण्डौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकासहित ठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न सिफारिस गरेको छ । मंगलबार पत्रकारसँग कुरा गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संक्रमणको जोखिम बढ्दै गएपछि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठनपाठनको व्यवस्था मिलाउन सिफारिस गरेको बताएका हुन् । मन्त्रालयले तत्कालका लागि अनलाइन माध्यमबाट पठनपाठनको […]