लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार डा.गैरेलाई

सदरलाइन संवाददाता २८ चैत्र २०७७, शनिबार १८:५६
 

नेपालगञ्ज : साहित्यका क्षेत्रमा स्थापना गरिएको लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार  एवं सम्मान भेरी साहित्य समाजका संस्थापक अध्यक्ष डा.नारायणप्रसाद शर्मा गैरेलाई प्रदान गरिएको छ ।

भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा नेपालगञ्जमा आयोजित कार्यक्रमका बीचमा लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार एवं सम्मान कार्यक्रममा डा. गैरेलाई नगद १५, हजार १ सय ११ रुपैयाको सो पुरस्कार प्रदान गरिएको हो । साथै सोही अवसरमा कृति बिमोचन र कवि गोष्ठी कार्यक्रम आयोजना गरिएको थियो ।

सो समारोहमा भरत बहादुर रानाभाटको ‘नियति’ कथा सङ्ग्रह बिमोचन गरिएको थियो । ‘नियति’ कथा सङ्ग्रहको बारेमा छोटो समिक्षात्मक टिप्पणी भेरी साहित्य समाजका केन्द्रीय सदस्य मीना बरालले गरेकी थिईन । लक्षिमा शेर बहादुर रानाभाट स्मृति पुरस्कार कोषको बारेमा कोषका संस्थापक भरतबहादुर रानाभाटले प्रकाश पारेका थिए ।


भेरी साहित्य समाज केन्द्रीय अध्यक्ष तथा प्राज्ञ हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिको रुपमा पूर्व प्राज्ञ सचिव सनत रेग्मी रहेका थिए । कार्यक्रममा प्राज्ञ सभा सदस्य तथा प्रा. डा. कपिल लामिछाने, लायन्स क्लब डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गभर्नर तथा समाजसेवी उद्योगी मधुसुदन शर्मालाई सम्मान गरिएको थियो ।

सो अवसरमा पुरस्कार स्थापना गर्ने व्यक्तित्व कथाकार भरत रानाभाटको दोस्रो कथासंग्रह ‘नियती’ को बिमोचन समेत गरिएको थियो । सो कार्यक्रममा बिभिन्न साहित्यिक सास्कृतिक सघं सस्थाका सदस्य बर्ग, साहित्यकार कवि लेखक पत्रकारको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन लेकप्रसाद प्याकुरेलले गरेका थिए ।

Next Post

पूर्वाधार र जनशक्तिको अभावमा पनि सेवा प्रवाह गर्दै न्यायिक समिति

२८ चैत्र २०७७, शनिबार १८:५६
नेपालगञ्ज : संविधानले प्रत्यायोजित गरेको केही मुद्दाहरुको टुंगोलगाउन स्थानीय न्यायिक समितिले अभावै अभावमा कार्यसम्पादन गर्न बाध्य भएको जनगुनासो आउने गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि बहाली भएको करिव ४ वर्ष लाग्दै गर्दा पनि विभिन्न गाउपालिकाहरुमा न्यायिक समितिको पूर्णता, इजलाश, र दक्ष कर्मचारीको अभावमा काम गर्नु गरेको छ । स्थानीय तहमा […]