नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१८ का बिभन्न टोलहरुमा विकास पूर्वाधारका कामहरु तीब्र गतिमा अघि बढेका छन् । पछिल्लो समय गुलरिया बाईपास रोडदेखि भित्री कारकाँदो गाउँ जाने बाटो कालोपत्रे बाटोको शिलन्यास गरिएको छ । केही दिन अघिमात्र सिद्धार्थ भ्यू पश्चिमको बाटो कालोपत्रेको लागि शिलन्यास गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १८ का वडा अध्यक्ष दीपक बर्माले सो पक्की नालासहितको सडक कालोपत्रे गर्ने कार्यका लागि सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् । सो अवसरमा उनले आफुले वडाको विकासको लागि जनतासंग गरेको प्रतिबद्धता अनुसार काम गरेको बताए ।
वडा अध्यक्ष बर्माकै पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको बजेट र वडाबाट बिनियोजित बजेटले सडक कालोपत्रेसैगै पक्कि नाला निर्माण गरिन लागेको हो । वडा अध्यक्ष बर्माले चालु आर्थिक वर्षमा थप अर्को बाटो सोहि मन्त्रालयबाट आफ्नो वडामा परेको जानकारी दिए । उनले गत आर्थिक वर्षमा पनि संघीय मामिला तथा सामान्य प्रशासनबाट दुईवटा योजना ल्याउन सफल भएका थिए ।
सो कार्यक्रम अन्र्तगत तेजनगरमा पीच बाटो र सुकुम्बासी, दलित तथा मधेशी बस्तीमा सोलार बत्ति जडान । चालु आर्थिक वर्षमा वडाको बजेटबाट पनि पीच बाटो निर्माण भइरहेका छन् । वडाको विभिन्न टोलमा चालु आर्थिक वर्षमा एक दर्जन भन्दा बढी कालोपत्रे (पीच) बाटो निर्माण गरिने गरी योजना अगाडि बढाईएको वडा अध्यक्ष बर्माले जानकारी दिए ।
सो अवसरमा वा सदस्या दिग्विजय ढुंगानालगायतका जनप्रतिनिधि र स्थानीयबासिन्दाको उपस्थिति रहेको थियो ।