भूमि सम्बन्धी समस्या समाधान आयोग बाँकेको कार्यालय स्थापना

सदरलाइन संवाददाता २७ माघ २०७७, मंगलवार १८:५९
 

नेपालगन्ज : लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशमा विद्यमान रहेको भूमि समस्या सबै एकमुष्ट रुपमा समाधान गरिने बताएकी छन् ।

मंगलबार भूमि सम्बन्धित समस्या समाधान आयोग जिल्ला समिति बाँकेको कार्यालय उद्घाटन गर्दै मन्त्री पौडेलले सो कुरा बताएकी हुन । जिल्ला समन्वय समिति बाँकेमा कार्यालय स्थापना हुने गरी उद्घाटन गरिएको छ ।


उनले सरकारले सुकुमबासीको मात्र नभई भूमिसम्बन्धित सबै समस्या एकै पटक हल गर्ने गरी जनताको घरदैलोमा नै लागत संकलनको लागि वडा–वडामा बस्तीबस्तीमा खटाई सकेको बताउदै मन्त्री पौडेलले लागत संकलन गर्न आउनेलाई आफ्नो यथार्त विबरण उपलब्ध गराउन आग्रह समेत गरिन ।

आयोगको जिल्ला अध्यक्ष शान्ति ढकालले आयोगले निश्पक्ष भएर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउदै उनले आयोगलाई आफ्नो एथार्त विबरण उपलब्ध गराएर सहयोग गर्न अनुरोध गरिन । सो आयोगमा सदस्यहरु तेजकुमार धिताल, गोपाल गिरि सरकारद्वारा मनोनित गरिएको छ भने जिल्ला बन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय प्रमुख सदस्य रहनुको साथै जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने प्रवाधान रहेको छ ।

सो अवसरमा नेकपाका नेता तथा संविधान सभा सदस्य देवराज भार, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तव, खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, आयोगका सदस्यहरु तेजकुमार धिताल, गोपाल गिरि,लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Next Post

मोटरसाईकल चोरी गर्ने गिरोह बाँकेमा पक्राउ

२७ माघ २०७७, मंगलवार १८:५९
नेपालगञ्ज : बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार पत्रकार सम्मेलन गरेर मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ब्यक्तिहरुले बाँकेका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरेर पहाडी जिल्लाहरुमा बेच्ने गरेको खुलासा भएको बाँकेका प्रहरी […]

सम्बन्धित