काठमाण्डौमा दिवंगत भएका वडाअध्यक्ष लामाको शव नेपालगञ्ज ल्याईदै

सदरलाइन संवाददाता २३ माघ २०७७, शुक्रबार ११:४४
 

नेपालगञ्ज : काठमाण्डौमा उपचारको क्रममा दिवंगत भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विष्णु बहादुर लामाको अन्तिम संस्कारका लागि शव नेपालगञ्ज ल्याईदै छ ।

५२ बर्षीय वडा अध्यक्ष लामाको उपचारकै क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा बिहीबार साँझ निधन भएको परिवारले जनाएको छ । तत्कालिन नेकपा एमालेबाट निर्बाचित मृतक लामा जन्डिस, कलेजो सम्बन्धी समस्याले ग्रसित थिए ।


उनी १ महिनादेखि नियमित उपचारमा समेत रहेकै बेलामा दिवंगत भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडानं. १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

उनले मतक लामाको शव लिएर परिवारजन काठमाण्डौबाट नेपालगञ्जको लागि प्रस्तान गरिसकेको र शुक्रबार दिउसोसम्म नेपालगञ्ज आईपुग्ने बताए । वडा अध्यक्ष लामाको मृत्युपछि शोक मनाउन नेपालगञ्ज उपमहानगरका सबै वडा कार्यालय बन्द गरिएको छ ।

Next Post

कोहलपुरस्थित जंगलबाट भरुवा बन्दुक बरामद

२३ माघ २०७७, शुक्रबार ११:४४
नेपालगञ्ज : बाँके प्रहरीले कोहलपुरको जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले भरुवा बन्दुक बरामद गरेको हो । कोहलपुर नगरपालिका वडा नम्बर १३ को सिम्री गाउँस्थित जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्दुक वन्यजन्तुको शिकार […]

सम्बन्धित