नेपालगञ्ज : नेपालगञ्ज उपमहानगर वडानं १८ मा विकास निर्माणको गतीले तीब्रता लिएको छ । पछिल्लो समयमा वडाको सुर्खेतरोड होटल सिद्धार्थ भ्युदेखि पश्चिम स्वास्थ्य चौकी जाने बाटो पक्की नालासहित ८ मिटर सडक कालोपत्रे गर्ने कार्यत्रो शिलान्यास गरिएको छ ।
वडा अध्यक्ष दीपककुमार बर्माले शिलन्यास गरेको सो सडकको लम्बाई ५ सय ७५ मिटर रहेको छ । सो सडक निर्माणको कार्य तीब्र गतिमा अगाडि बढाईएको र चालु आर्थिक बर्षमा वडाका विभिन्न टोलमा कालोपत्रे गर्ने योजनामा राखिएको जानकारी वडा अध्यक्ष बर्माले दिए ।
उनले वडा नं. १८ मा चिल्ड्रन पार्क निर्माण, पक्की नाला निर्माण, पीसीसी बाटो निर्माण, सोलार बत्ति जडान र माटो पटान ग्रबेलको काम पनि योजनामा रहेको र चाँडैनै सुरुवात गर्ने तयारीमा वडा कार्यालय रहेको बताए ।
उनले वडाको विकास निर्माणको कार्यमा कोभिड–१९ को कारण भएको लकडाउनका कारण प्रभावित भएपनि सजकताको मापदण्ड अपनाएर बिकासको गतिलाई तिब्र पारिदै लगिएको जानकारी दिए । उनले समग्र वडाको विकासको लागि स्थानीय उपभोक्ताले पनि चासो दिएर लाग्नु पर्ने बताए ।