२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

‘सूर्य चिन्हमा प्रचण्ड–नेपाल समुहको दावी पुग्दैन’



 

नेपालगञ्ज : नेकपाका युवा नेता महेश बस्नेतले सूर्य चिन्हमा प्रचण्ड–माधव नेपाल समूहको दाबी नपुग्ने बताएका छन । नेपालगञ्जमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युवा नेता बस्नेतले सूर्य चिन्ह चाहिएमा मूलधारमा फर्कन आग्रह समेत गरे ।

उनले प्रचण्ड–नेपाल समुहले बैधानिक रुपमा सरकारको बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेको बताउदै चोर बाटो प्रयोग गरेर हिडेको आरोप लगाए । सरकारलाई घेराबन्दी गरी अनिर्णयको बन्दी बनाएको अवस्थामा बाध्यतावस ताजा जनादेश लिन प्रधानमन्त्रीले संसद विघटन गर्नु परेका स्पष्ट पारे ।

उनले माधव नेपाल र झलनाथ खानाललाई लक्षित गर्दै भने–‘ भागेर विवाह गर्ने थर र गोत्रको लोभ पनि गर्ने । अव हसिया हथौडा चिन्ह हो भनेर लाग्न बेश हुन्छ । सूर्य चिन्ह चाहिने हो माधव नेपाल र झलनाथ खनाल ओली समुहमा फकर्नुस ।’

उनले पार्टी एकताको बेलामा तत्कालिन माओवादी केन्द्रलाई हैसियत भन्दा बढीको भाग दिदाको नतिजा दुई तिहाई हुँदा पनि आफैले सरकार विघटन गर्नु परेको बताउदै केही गुटमा रमाउनेहरु मात्र प्रचण्डको पछि लागेको दाबी गरे ।

उनले प्रचण्ड नेकपाको अध्यक्ष नभई ‘टुआईसी’ सरहको रहेको बताउदै केन्द्रीय समितिमा सदस्य थप घट र निश्कासन गर्ने अधिकार ओलीलाई मात्र भएको दाबी गर्दै आफ्नो अधिकार प्रयोग गरी केन्द्रीय समिति बिस्तार गरेको बताए ।

 

प्रकाशित मिति : २०७७ पुस १४ गते मंगलबार
ताजा समाचार