प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले दिए राजीनामा

सदरलाइन संवाददाता ५ पुष २०७७, आईतवार १६:५१
 

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

आफु पक्षका नेताको निर्देशनपछि उनीहरुले पत्रकार सम्मेलन गरी राजिनामा दिएका हुन् । राजीनामाको घोषणा गर्ने मन्त्रीहरुमा योगेश भट्टराई, गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, शक्ति बस्नेत, वर्षमान पुन, बिना मगर र रामेश्वर राय यादब छन् ।


केही मन्त्रीको विरोधका बाबजुद ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटनका लागि राष्ट्रदेवी विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस अनुमोदन गरेकी थिइन् ।

Next Post

अदालतको फैसलाविरुद्ध कैलालीमा प्रदर्शन

५ पुष २०७७, आईतवार १६:५१
कैलाली : टीकापुर घटनाको मुद्दामा उच्च अदालतले गरेको फैसलाविरुद्ध आइतवार कैलालीको भजनीमा विरोध प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी नगरसमिति भजनीको आयोजनामा भजनी बजारमा विरोध प्रदर्शन गरिएको हो । विरोध र्यालीपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेताहरुले टीकापुर घटनामा मुछिएका सबै बन्दीहरुलाई निःशर्त रिहाइ गर्नु पर्ने माग […]