काठमाण्डौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् ।’
उनका सचिवालयका सदस्यहरुले पनि पौडेलसहित तनहुँका कार्यवाहक जिल्ला सभापति जित ओले पनि पक्राउ परेको जानकारी दिए ।