नेपालगञ्ज : शनिवार २६औँ राष्ट्रिय कण्डम दिवस मनाइएको छ । दिवसका अवसरमा नेपालगञ्जको बीपी चोकमा रिक्सा चालकलगायत यात्रुलाई माक्स र कण्डम वितरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय बाँकेको सहकार्य तथा विभिन्न संघसंस्थाको समन्वयमा भएको कार्यक्रममा माक्स नलगाएर हिँडिरहेका यात्रु र सर्वसाधारणलाई माक्स र कण्डम वितरण गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय, बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाह, भेरी अस्पतालका फिजिशीयन डा.संकेत रिसालले कण्डमको सहि प्रयोग गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको बताए ।
दिवसलाई भेरी अस्पताल एआरटी क्लिनिक, पश्चिम तारा नेपाल, असहाय सेवा संघ, जुनकिरी महिला समुह, सिआरएस, नागार्जुन डेभलपमेन्ट कमिटी, चेन्ज टीम, एनएपिएन लगायत संघसंस्थाले सहकार्य गरेका थिए ।