र्यालीसहित बाँकेमा गणतन्त्रबिरुद्ध नाराबाजी

सदरलाइन संवाददाता २२ कार्तिक २०७७, शनिबार १४:५३
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा एक समुहले गणतन्त्र बिरोधी नारा लगाएको छ । स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले शनिवार कोहलपुरमा गणतन्त्रबिरुद्ध नारा लगाएको हो । गणतन्त्र धोका हो भन्दै सडकमा उत्रिएको समुहले संघीयता धर्म निरेपक्षताबिरुद्ध समेत नारावाजी गरेको थियो ।

२०४७ को संविधान पुर्नवहाली र राजासहितको हिन्दु राज्यको मागसहित आफुहरु सडकमा आएको र्यालीमा सहभागीले बताएका छन् । राष्ट्रवादी अभियानले राजासहितको हिन्दु राज्यका लागि देशव्यापी प्रदर्शन गरिरहेकाले कोहलपुरमा र्याली गरिएको समुहले जनाएको छ ।


राजासहितको हिन्दु राज्यको माग गर्दै नगरको परिक्रमापछि कोहलपुर चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Next Post

जनमत पार्टीको वडाअधिवेशन तीब्र

२२ कार्तिक २०७७, शनिबार १४:५३
डुडुवा (बाँके) : जनमत पार्टी बाँकेले शनिवार डुडुवा गाउँपालिका ६ मा गरेको अधिवेशनमार्फत राम निवास तेली(शाहु)को अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ । केन्द्रीय सदस्य इरफान अहमद शेषको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा चन्द्रिका प्रकाश कोरी, सचिव गोरखनाथ मौर्या र कोषाध्यक्षमा रुकशाना शेषलाई चयन गरेको छ । यस्तै […]