नेपालगञ्ज : जनमत पार्टी बाँकेले वडा अधिवेशन तीब्र पारेको छ । जनमत पार्टीले डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टीमा सोमवार गरेको अधिवेशनबाट शहजाद खानको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।
पार्टीका बाँके अध्यक्ष रियाज अहमद शेष प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा अनिता ठाकुर, कोषाध्यक्ष रमजान खान र सचिवमा मोहम्मद नईम खानलाई चयन गरेको छ । यस्तै नन्काइ पठान, सलामुद्दीन सल्मानी, अमिर खान, राम नरेश खटिक, अब्दुल कासिम साह, लतीफ खान र किशुन पासी सदस्यमा चयन भएका छन् ।
कार्यक्रममा जिल्ला सञ्चार प्रमुख हरपाल सिंह, जिल्ला वरिष्ठ सदस्य जाबिर हल्वाई, सदस्य रियाज अंसारी, डुडुवा गाउँपालिका अध्यक्ष अब्दुलवाहिद शेष, राजु शेष, अक्षय सोनकर, मोहम्मद हुशेन खान, जिल्ला सदस्य मुजफ्फर शेष, जिल्ला सदस्य नाजमा बागवान, केन्द्रीय सदस्य इरफान अहमद शेष, सफिक जसगड, सलीम अंसारी, उम्मेद शेष लगायतको उपस्थिति रहेको थियो ।