सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले छोटो समयमै प्रदेश सरकारले देखिने गरी काम गरेको बताएका छन् । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने झरही खोला पुलको बुधवार शिलान्यास गर्दै उनले छोटो समयमै जनताले प्रदेश सरकारको अनुभूति गर्न थालेको बताए ।
प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले यो पुल पनि पूर्वाधार विकासअन्तर्गत रहेको बताए । उनले यो पुल रामग्रामको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशका नागरिकको जीवनस्तर उकास्न तीन वर्षभित्र सबै घरधुरीमा स्वच्छ पिउने पानी र दुई वर्षभित्र बिजुली पुर्याउने प्रतिबद्धता दोहोर्याए ।
Next Post
साहित्य महोत्सवको राट्रपति भण्डारीद्वारा उद्घाटन
१४ फाल्गुन २०७६, बुधबार १६:५६
सम्बन्धित
-
१५ असार २०७४, बिहीबार २३:०४
कोहलपुर १ मा एमालेका गोपीलालको प्यानलै विजयी
-
२७ भाद्र २०७६, शुक्रबार १६:४०
बच्चा चोर दुई भारतीय पक्राउ
-
१६ आश्विन २०७५, मंगलवार १५:५३
प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान
-
२० भाद्र २०७९, सोमबार १६:३४
जिल्ला प्रहरी कार्यालय बाँकेलाई मन्त्रालयको सम्मान
-
८ असार २०७६, आईतवार १९:००
बाँकेको जानकी गाउँपालिकाको पाँचौ गाउँसभा सुरु
-
९ मंसिर २०७५, आईतवार १५:३१
लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियान आइतवारदेखि शुरु