आहा रारा गोल्ड कपको पुरस्कार राशी बढ्यो

१० फाल्गुन २०७६, शनिबार १६:०४
 

सदरलाइनडटकम,
काठमाण्डौ : १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेर १० लाख पुर्याइएको छ । सहारा क्लबले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पुरस्कार वृद्धि गरिएको जानकारी दिएको हो ।
गत वर्ष ८ लाख १ हजार प्रदान गरिएकोमा यो वर्ष २ लाख बढाएर १० लाख १ हजारको साथमा शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपविजेताले ५ लाख १ हजार साथमा शिल्ड, पदक र प्रमाणपत्र पाउने छन् ।
फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ’ए’ डिभिजनका ७ क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा साविक विजेता थ्री स्टार र ’ए’ डिभिजनका उपविजेता त्रिभुवन आर्मीसहित मनाङ मर्स्याङ्दी क्लब, ब्रिगेड ब्वाइज क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लबले खेल्नेछन् । यस्तै झापा ११, भारतको ग्याङ्टक सिटी फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्नेछन् ।

Next Post

मौसममा सुधार आउन केही दिन लाग्ने

१० फाल्गुन २०७६, शनिबार १६:०४
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एकदुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरूपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ […]