सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा गर्ल्स स्कुल भवनको शिलान्यास गरिएको छ । नेपालगञ्ज वडा नम्बर ४ सल्यानीबंगलास्थित आधारभूत माध्यमिक बिद्यालय परिसरमा मेयर डा. धवल शमसेर राणाले बुधवार गर्ल्स स्कुल भवनको शिलान्यास गरेका हुन् ।
मेयर राणाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई समयमै काम सक्न निर्देशन दिए । करीव २ करोड लगानीमा ३ तलाको १८ कोठे भवन निर्माण गर्न सनिदेव जयदुर्गे जेबी, महेन्द्रनगरसँग ठेक्का सम्झौता भएको वडा नम्बर ४ का अध्यक्ष शफिक बेहनाले जानकारी दिए ।
प्रदेश सरकार र उपमहानगरपालिकाको ५०/५० प्रतिशत लगानीमा निर्माण हुन लागेको भवनको अन्तिम म्याद असार मसान्तसम्म रहेको अध्यक्ष्य वेहनाले बताए ।


