सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले कारागारमा रहेका कैदीबन्दीका लागि खेलकुदका सामग्री सहयोग गरेको छ । नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले सोमवार कारागार कार्यालय नेपालगञ्जमा कैदीबन्दीहरुलाई जिम र ब्याडमिन्टन सेट हस्तान्तरण गरे ।
कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गर्दै खेल सामग्री हस्तान्तरण गरिएको मेयर राणाले बताए । कैदीबन्दीले गरेको आग्रहमा उपमहानगरपालिकाले करीब एकलाख मुल्य बराबरको खेल सामग्री सहयोग गरेको हो ।
मेयर राणाले महिला कैदीबन्दीसँग भेटेर उनीहरुका लागि आवश्यक खेल सामग्री समेत सहयोग गर्ने आश्वासन दिए । सो अवसरमा नेपालगञ्ज कारागारका प्रमुख देवेन्द्र श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापालगायतको उपस्थिती रहेको थियो ।
Next Post
अछाममा एक कैदी मृत भेटिए
५ फाल्गुन २०७६, सोमबार १८:४९
सम्बन्धित
-
२० फाल्गुन २०७५, सोमबार ०९:११
चर्चित र्यापर भिटेन नेपालगञ्ज आउदै
-
६ बैशाख २०७८, सोमबार १९:४८
कोरोना संक्रमणका कारण २० वर्षिया किशोरीको मृत्यु
-
९ माघ २०८०, मंगलवार १७:४६
क्यान्सर पीडित शर्मालाई आर्थिक सहयोग
-
२३ मंसिर २०७८, बिहीबार १७:५२
बर्दिया राष्ट्रिय निकुञ्जबाट ४ शिकारी पक्राउ
-
१९ बैशाख २०७४, मंगलवार १९:०७
प्रहरीले ४९ छाडा पशु काञ्जि हाउस पुरायो
-
८ भाद्र २०७९, बुधबार १७:४४
नेपाली काँग्रेस बाँकेद्वारा तीज मिलन कार्यक्रम