प्रतिबन्धित बिप्लव समूहद्वारा बन्द आव्हान

९ असार २०७६, सोमबार १६:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली अर्थात् असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । समयसमयमा नेपाल बन्दलगायत शैक्षिक हड्ताल गर्दै आएको प्रतिबन्धित विप्लव समूहले असार ७ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आएको र मंगलवार १० गते नेपाल बन्दको घोषणा गरेको हो ।
विप्लव नेतृत्वको ‘नेकपा’ को असार ७ गते प्रचार प्रसार कार्यक्रम थियो भने ८ गते कोणसभा तथा घरदैलो र ९ गते मसाल जुलुस कार्यक्रम रहेको थियो । यसरी कार्यक्रम गर्दै आएको विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले भोली १० गते नेपाल बन्द हुने विज्ञप्तिमार्फत जनाएको छ ।

Next Post

प्रदेश नं. पाँचको बजेट बहुमतले पारित

९ असार २०७६, सोमबार १६:५३
सदरलाइनडटकम, बुटवल : प्रदेश ५ को बजेट बहुमतले पारित भएको छ । असार १ गते मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेका थिए । एकसाताको छलफलपछि बजेट बहुमतले पारित भएको थियो । विनियोजन विधेयक सर्वसम्मत पारित भएपनि अर्थ विधेयक बहुमतबाट […]