कारकादौंमा फोहोर ब्यवस्थापन गरिँदै

९ जेष्ठ २०७६, बिहीबार १७:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १८ ले पनि फोहोर संकलन र ब्यवस्थापनको कार्य थालेको छ । फोहोर संकलन र ब्यवस्थापनका लागि ट्रयाक्टर टोलटोलमा पठाइने वडाध्यक्ष दीपक बर्माले जानकारी दिए ।
वडामा फोहोर संकलन हुन समस्या परेपछि वडा कार्यालयहरुले आन्तरिक बजेटबाट ट्याक्टर खरिद गरि फोहोर ब्यवस्थापनको कार्य शुरु गरेको भन्दै वडाध्यक्ष बर्माले वडाकै ट्रयाक्टर भएपछि सबै टोलमा पुग्न पनि सजिलो भएको बताए । यसअघि वडा नम्बर १ धम्बोझीले पनि ट्रयाक्टरमा वडाको फोहोर संकलन गरिरहेको छ ।
वडा कार्यालयले करिब १२ लाखको लागतमा ट्रयाक्टर खरिद गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझी र कारकादौंमा धेरै नयाँ वस्तिहरु थपिने क्रम जारी छ । वस्ती विकाससँगै धेरै नयाँ टोलहरु थपिँदा फोहर संकलन र ब्यवस्थापनमा चुनौती भएपछि वडा कार्यालय आफैले बार्षिक बजेटमा ट्याक्टर खरिद गर्ने योजना राखेको हो ।
वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले टोलटोलमा स्वास्थ्य, सरसफाई र वाताबरणमुलक प्रचार सहित हरेक प्रत्येक टोलमा ट्रयाक्टर पुगिरहेको बताए ।

Next Post

सवारी दुर्घटनामा बाँकेमा एकको मृत्यु, एक घाईते

९ जेष्ठ २०७६, बिहीबार १७:५४
सदरलाइनडटकम, नेपालगञ्ज : कोहलपुरको साझा चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ एक जना घाईते भएका छन् । मोटरसाईकल र ट्रयाक्टर आपसमा ठोक्किँदा मोटरसाईकल चालक कोहलपुर ८ का ६० बर्षीय खड्कबहादुर घर्ती मगरको मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी बसेकी ५५ बर्षीया श्यामकला घर्ती भने गम्भीर घाईते भएकी […]

सम्बन्धित