महिलालाई आत्मनिर्भर बनाउन तालिम दिँदै

५ फाल्गुन २०७५, आईतवार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ का महिलालाई आत्मनिर्भर बनाईंदै छ । सिलाई कटाई तालिममार्फत उनीहरुलाई आत्मनिर्भर बनाउन लागिएको हो । दलित औद्योगिक विकास कार्यक्रम नेपालसँगको सहकार्यमा वडाले आईतवारदेखि सञ्चालन गरेको ३ महीने तालिममा विभिन्न टोलका १५ जनाको सहभागिता छ ।



वडाको लक्षित वर्ग कार्यक्रमअन्तर्गत दुई लाखको सहयोगमा दलित औद्योगिक विकास कार्यक्रमले ५ वटा सिलाई मेशीनमार्फत वेरोजगार महिलालाई सिलाई कटाई तालिम प्रदान गर्न लागेको हो । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष ओमकारनाथ मिश्रले वेरोजगार महिलालाई व्यावसायिक शिक्षा दिएर रोजगार सिर्जना गर्न खोजेको बताए । दलित औद्योगिक विकास कार्यक्रम नेपालका अध्यक्ष चित्रबहादुर विकले शिप सिकाएर महिलालाई आत्मनिर्भर बनाइनु उज्वल भविष्यको मार्ग भएको जिकिर गरे ।
औद्योगिक विकास कार्यक्रम नेपालका टिका सुनारद्धारा सञ्चालन गरिएको कार्यक्रममा वडा सदस्य ऋषिराम बर्माले शुभकामना मन्तब्य दिएका थिए ।

Next Post

पूर्णखोप गाउँपालिकाको कार्ययोजना निर्माण

५ फाल्गुन २०७५, आईतवार १८:३२
सदरलाइनडटकम, डुडुवा (बाँके) : डुडुवा गाउँपालिकालाई पूर्णखोप गाउँपालिका सुनिश्चितता र दिगोपनाका लागि रणनीतिक कार्ययोजना निमार्ण गरिएको छ । गाउँपालिकाद्धारा आईतवार आयोजित सरोकारवालासंगको अन्तरक्रियामा कार्ययोजना निर्माण गरिएको हो । कार्ययोजनाअनुसार खोपबाट बञ्चित बालबालिकाको तथ्यांक संकलन, बाहिरबाट आएका बालबालिकाको विवरण लिने, लक्ष्यअनुसारको प्रगतिमा देखिएका समस्या पत्ता लगाई सोहीअनुसार कार्य गर्ने र दिगोपनाका […]