२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

रचना वाचनसहित नेपालगञ्जमा देवकोटालाई सम्झियो



सदरलाइनडटकम 
नेपालगञ्ज  : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औ जन्मजयन्तीको सन्दर्भमा अन्तराष्ट्रिय साहित्य समाज भेरीको आयोजनामा सोमबार नेपालगञ्जमा तिहार भेटघाट तथा कवि गोष्ठि गरिएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाज भेरी अध्यक्ष कल्पना खरेलले आफनै निवासमा स्रष्टालाई निम्त्याएर शुभकामना आदान प्रदान तथा रचना वाचनको चाँजो मिलाएकी थिईन ।
कथाकार एवम् प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सनत रेग्मीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सहभागिले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै कविहरुले रचना बाचन गरेका थिए ।
कथाकार रेग्मीले महाकवी देवकोटाको वहुमुखी प्रतिभाको उच्च मुल्यांकन हुन नसकेको बताउँदै देवकोटाको व्यक्तित्व र कृतिको चर्चा उनले महाकवी देवकोटो विविध आयामको अध्यन हुन बाँकी रहेको समेत बताए
गजलकार खगेन्द्र गिरी कोपिला, ऋचा लुइटेल, भरतवहादुर रानाभाट, शशीराम कार्की, ज्ञानेन्द्रवहादुर सींह, महेन्द्र रोका, अस्मीता शाह, इन्दिरा आचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ कात्तिक १९ गते सोमबार
ताजा समाचार