पश्चिम नेपालबाट बाहिरियो मनसुन

१७ आश्विन २०७५, बुधबार १६:४७
 

सदरलाइनडटकम,
काठमाण्डौ : यो वर्षको मनसुन पश्चिमी क्षेत्रबाट मंगलवार सकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रबाट मनसुन गईसकेकोले अब केही दिनभित्रै पूर्णरुपमा मनसुन बाहिरिने मौसमविदले जनाएका छन् ।
मौसमविद समिर श्रेष्ठे पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिसके पनि मध्य तथा पूर्वमा मनसुनको प्रभाव अझै कैही दिन रहने बताए ।
गत केही वर्षदेखि नेपालमा मनसुन बाहिरिने समय लम्बिँदै गएको छ । पश्चिम क्षेत्रबाट मनसुन बाहिरिसकेकोले मध्य र पूर्वमा भने निकै कमजोर बन्दै गएको जानकारी दिँदै उनले अर्को प्रणाली केही नदेखिएकाले दशैंमा ठूलो पानी पर्ने सम्भावना नरहेको जिकिर गरे ।
बंगालको खाडीदेखि भारत हुँदै पूर्वी नेपालबाट मनसुनी वायु भित्रिने हुँदा जुनदेखि सेप्टेम्बरसम्म धेरै वर्षा हुने गर्दछ । मनसुन सकिएपछि पश्चिमी वायु सक्रिय भएर पश्चिमबाट पूर्वतर्फ अघि बढ्छ । मनसुन बिदा भएपनि स्थानीय प्रणाली र समुद्रमा आउने चक्रवातका कारण कहिलेकाहीँ वर्षा हुने गर्दछ । बंगालको खाडीमा विकास भएको मौसमी प्रणाली र जलवाष्पका कारण हुने वर्षा भने मनसुनसँगै बिदा हुने मौसमविद्को भनाई छ ।

Next Post

नसिरुलको नेतृत्वमा जनजागरण समाज, पत्रकार सम्मानित

१७ आश्विन २०७५, बुधबार १६:४७
सदरलाइनडटकम, खजुरा (बाँके) : जनजागरण समाज खजुराको अध्यक्षमा नसिरुल निशा निर्वाचित् भएकी छन् । समाजको बुधवार खजुराखुर्दमा भएको १५ औँ साधारण सभाले नसिरुललाई अध्यक्षमा निर्वाचित् गरेको हो । अध्यक्षका लागि मन्शाराम कहार र मायादेवी काँदुले पनि उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । कुल दुई सय मतदाता मध्ये ९३ जना सदस्य निर्वाचनमा […]

सम्बन्धित