सदरलाइनडटकम,
काठमाण्डौ : राष्ट्रकवि माधव घिमिरे १००औँ जन्मदिन मनाउँदैछन् । १००औँ जन्मदिनका अवसरमा घिमिरे काठमाण्डौ लैनचौरस्थित निवासमै आइतवार विशेष पूजामा सहभागी भएका छन् ।
उनले जीवनका आरोह–अवरोहमा धर्मपत्नी महाकालीले बिनास्वार्थ स्याहार सुसार गरेकीले आफू यो अवस्थामा आइपुगेको प्रतिक्रिया दिए । घिमिरे लमजुङको पुस्तुनमा विक्रम सम्बत् १९७६ आश्विन ७ गते पिता गौरीशंकर र माता द्रौपदीका जेठा छोराका रूपमा जन्मिएका थिए ।
राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली सोमवार ८४ वर्षमा पुग्दैछिन् । आफ्नी जीवनसंगिनीको ८४ को पूजा खाने भाग्यमानी श्रीमान् हुन पाउँदा खुशी लागेको भन्दै राष्ट्रकवि घिमिरेले आफू सय वर्ष पुगेकोभन्दा श्रीमती ८४ पुगेको कुराले बढी हर्षित भएको जिकिर गरे ।
राष्ट्रकवि घिमेरेलाई शुभकामना दिन राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्च पदस्थ अधिकारी लैनचौरस्थित उनको निवास पुगेका थिए ।
Next Post
आइतवारदेखि इन्धन वितरण सहज हुँदै
७ आश्विन २०७५, आईतवार १०:२२
सम्बन्धित
-
४ पुष २०८०, बुधबार १८:२२
विद्यालयमा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण हस्तान्तरण
-
३० असार २०७७, मंगलवार १२:११
लायन्सद्वारा कोरोना परीक्षणको लागि २० लाखको भिटिएम हस्तान्त्रण
-
२९ पुष २०७५, आईतवार १०:३८
रुपन्देहीमा प्रहरी र तस्करबीच झडप
-
२४ आश्विन २०७८, आईतवार १५:४१
दुई लाखसहित दाङमा १३ जुवाडे पक्राउ
-
१५ असार २०७९, बुधबार १५:२०
पाँच जना बिचौलियालाई सम्झाई बुझाई छाडियो
-
३१ असार २०८०, आईतवार १६:५८
कर्णालीका प्रत्येक घरमा नेपाल प्रहरीको नम्बर