सदरलाइनडटकम,
नेपालगन्ज : बोलबम नारासहित शुक्रवार विहान नेपालगञ्ज प्रवेश गरेका सयौं भारतीय भक्तजनले बागेश्वरी मन्दिरमा जल चढाएका छन् । भारतीय सिमावर्ती क्षेत्रबाट तीन सय बढी शिवभक्त बोल बम भन्दै पैदल यात्रामा नेपालगन्ज आएका हुन् ।
गंगाको जल बागेश्वरी मन्दिरस्थित जुंगे महादेवमा अर्पित गर्न काँवरियाको दल नेपालगन्ज आएको हो । आदर्श थाना रूपईडिहाका ईञ्चार्ज आलोक रावले बोलबम भक्तजनका लागि सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन् ।