कथा संग्रह विमोचन

३१ बैशाख २०७५, सोमबार १८:१५
 


सदरलाइनडटकम
३१ बैशाख, नेपालगन्ज :  साहित्यकार कल्पना खरेलको कथा संग्रह रागिनीको नेपालगञ्जमा एक समारोह बीच विमोचन गरिएको छ ।

गौरी पव्लिक रिलेशन एण्ड पव्लीकेशनद्धारा प्रकाशित एक सय १० पेजमा २० वटा कथा संग्रहित छन् ।

अन्तर्राष्ट्रिय साहित्य समाज भेरीद्धारा आयोजित कार्यक्रममा प्रसिद्ध साहित्यकार एवं प्राज्ञ प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ हरि प्रसाद तिमिल्सिना, निबन्धकार सिर्जन लम्साल, उर्दू सायर जमील हाशमी, अन्तर्राष्ट्रिय साहित्य समाज भेरीकी उपाध्यक्ष अनुपमा करारा विवश र स्वयं कृतिकारले संयुक्त रुपमा विमोचन गरे ।


प्रमुख अतिथी वरिष्ठ कथाकार रेग्मीले संग्रह विषयवस्तु उठानका दृष्टिकोणले महत्वपूर्ण भएपनि अझैं परिष्कृत गरेर लेखनीलाई निरन्तरता दिन सुझाव दिए ।

 कथाकार खरेलले आगामी दिनमा अझैं परिष्कृत रुपमा लेखनीलाई बढाउने प्रतिवद्धता व्यक्त गरिन ।

Next Post

व्यवासायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्जबाट हरेक वर्ष पाँचसय बढी युवाहरु विभिन्न सीप सिक्दै

३१ बैशाख २०७५, सोमबार १८:१५
सदरलाइनडटकम    ३१ बैशाख, नेपालगन्ज : आधारभूत तह अध्ययन गरेका युवालाई लक्षित गरी व्यवासायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्जबाट हरेक वर्ष करिव पाँच सय बढीका लागि विभिन्न खालका तालिम सञ्चालन हुँदै आएकोे छ । सो तालिम केन्द्रका प्रमुख जेन्टील गौतमका अनुसार हरेक वर्ष कक्षा ८ सम्म अध्ययन गरेका युवा […]