राप्तीसोनारीमा विकासे कामले तीब्रता लिदै

२५ बैशाख २०७५, मंगलवार १९:४०
 

सदरलाइनडटकम
२५ बैशाख, राप्तीसोनारी (बाँके) : आर्थिक वर्षको अन्तिम तीन महिना बाँकी रहँदा बाँकेका विभिन्न स्थानीय तहमा धमाधम विकास निर्माणको कामले तीब्रता लिएको छ । यसक्रममा बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ मा ८ सय १० मिटर सडक कालोपत्रे निर्माण सुरु गरिएको गाउपालिकाले जनाएको छ ।
मंगलबार एक कार्यक्रमका बीचमा कालोपत्रे निर्माण कार्यको धार्मिक विधि पुर्वक पुजाआजा र रिवन काटेर गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले उद्दघाटन गरेका छन् ।
उनीहरुले सो कार्यको उद्द्घाटन गर्दै पाँच वर्ष भित्रमा राप्तीसोनारीका प्रत्येक सडक, गल्ली कालोपत्रे हुने दावी गरेका छन् । वडा नम्बर ८ को धर्मवती चोकदेखि जिरोतर्फको ८ सय १० मिटर लम्बाई र ५ मिटर चौडाईमा उपभोक्ता समिति मार्फत सडक कालोपत्रे गर्न लागेको वडा अध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिए ।
उनले सो कार्यका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । उपभोक्ता समितिका अध्यक्ष युवराज खत्रीले तोकिएको समयभित्रै गुणस्तरिय कालोपत्रे निर्माण हुने दाबी गरे ।


 

Next Post

अफिम र चरेशका साथमा दुई नेपालीसहित तीनजना भारतमा पक्राउ

२५ बैशाख २०७५, मंगलवार १९:४०
सदरलाइन / नबी अहमद   २५ बैशाख, रुपैडिहा (भारत) : भरतीय प्रहरीले अवैध लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । लागू औषधसहित भारतीय प्रहरीको फन्दामा परेका तीन जना मध्ये दुई जना नेपाली नागरिक हुन । नेपालगन्जको सीमावर्ती नाका रुपैडिहामा भारतीय प्रहरी तथा सशस्त्र सीमा सुरक्षा बल एसएसबीको […]

सम्बन्धित