बाटोको गुणस्तरियतामा प्रश्न उठ्यो ?

२० चैत्र २०७४, मंगलवार १२:३९
 

सदरलाइनडटकम
२० चैत, नेपालगन्ज : नेपालगन्जमा निर्माण भइरहेको सडक र ढलको गुणस्तरियताका बिषयमा प्रश्न उठाइएको छ । सडक र ढल निर्माणका क्रममा कमसल सामानको प्रयोग भइरहेको भन्दै छानबिनको माग गरिएको छ ।
नेपालगन्ज नगरपालिका हुदाका पूर्व उपमेयर समशुद्धिन सिद्धिकीले सामाजिक सन्जालमा सडक सहितको फोटो हालेर कमसल सामाग्री राखेर सडक र ढल निर्माण भएको भन्दै आक्रोस पोखेका छन् । उनले यस बिषयमा छानबिन गर्न माग गरेका छन् । नेपालगञ्जका मुख्य सडक तथा ढल÷नाला निर्माणको तिव्रता बढीरहेका बेला गरिव बस्तीमा समेत धमाधम बाटो निर्माण भइरहेको छ ।
नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत कालिका जेडी्टएसजे जेभीले अहिले सडक, नाला निर्माणको काम गरिरहेको छ । एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा परियोजना कार्यान्वयन इकाइमार्फत नगरमा ३६ किमी सडक तथा ४० कीमी नाला निर्माण भइरहेको छ । यस्तै परियोजनाको सामुदायिक विकास कार्यक्रम अन्तगर्त पनि नगरका २८ वटा वस्तीमा बाटो निर्माण गरिदैछ । परियोजनाका अनुसार गरिव बस्तीका १३ वटा बाटोमा पीसीसी निर्माण गरिसकिएको छ भने ७ वटा निर्माणाधिन रहेका छन् । यस्तै अन्य केही वस्तीमा भने पीसीसी निर्माणका लागि सम्झौता लगायतका प्रक्रिया भइरहेका छन् । ८० प्रतिशत सामुदायिक विकाय कार्यक्रम र २० प्रतिशत उपभोक्ताको सहभागितामा स्थानीय उपभोक्ता समितिमार्फत नै बाटो निर्माण गरिएको परियोजनाका टिम लिडर डा जनार्दन आचार्यले जानकारी दिए ।

Next Post

नेपालगन्ज कप क्रिकेटको अक्सन : कस्लाई कति रकम ?

२० चैत्र २०७४, मंगलवार १२:३९
सदरलाइनडटकम २० चैत, नेपालगन्ज :  नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको टीम अक्सनमा बा“के ब्लास्टर सबैभन्दा महंगो टीमकारुपमा बिक्री भएको छ । मंगलबार नेपालगन्जमा भएको अक्सन अर्थात बोलकबोलमा बा“के ब्लास्टरलाई अन्नपूर्ण ग्रुप बाँकेले २ लाख ४० हजार रुपैयामा खरिद गरेको हो । त्यस्तै बर्दिया टाईगर्स दोस्रो महंगो टीमकारुपमा बिक्री भएको छ । […]