सिक्टा बाँधमा बोटिङ्ग गरी मनाईयो ‘सिमसार’ दिवस

२० माघ २०७४, शनिबार १९:४२
 

सदरलाइनडटकम
२० माघ, नेपालगन्ज : विश्व सिमसार दिवसको अवसरमा बाँकेको सिक्टा सिचाई आयोजनाको मुलबाँध बोटिङ्ग गरि मनाईएको छ ।
बाँकेमा संरक्षणको अभावमा सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेकोले त्यसको संरक्षणको लागि संवन्धित निकायको ध्यानाकर्षण गराउन मानव निर्मित सिमसार क्षेत्रमा बोटिङ्गको आयोजना गरिएको आयोजकको भनाई छ ।
बाँकेको अगैयामा रहेको राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको मुल बाँधमा पर्या पर्यटनको संभावना भएको सन्देस दिनको लागि मानव निर्मित सिमसार क्षेत्रमा भए पनि बोटिङ्ग गरी सिमसार क्षेत्रको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले जानकारी दिए । उनले निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका साथै अनेत्र रहेका सिमसार क्षेत्रको संरक्षण गर्न सके पर्या पर्यटनको प्रचुर संभावना समेत रहेको उल्लेख गरे ।
बाँके क्षेत्र नं. १ क का निर्वाचति प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले पर्या पर्यटनको संभावनासंगै रोजगारीको लागि पनि सिमसारको महत्व हुने भएकोले आफुले आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
राप्ती सोनारी गाउपालिकाका उध्याक्ष लाहुराम थारु, उपाध्यक्ष घनीकुमारी खत्री, क्षेत्रीय बन निर्देशनालयका निमित्त निर्देशक विष्णु आचार्य, बाँके राष्ट्रिय निकुजका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जमगर, मेहर दल गणका बासुदेव धिमाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, सञ्चारकर्मीलगायतले बोटिङ्ग गरेका थिए ।  कार्यक्रम बाँके राष्ट्रिय निकुञ्जको संरक्षण सहयोगि संस्था तराई भु–परिधि कार्यक्रम (ताल) को आर्थिक सहयोगमा सम्पन्न भएको थियो । फोटो रुद्र सुवेदी  


 

Next Post

केन्द्रले तोक्यो प्रदेशका जिम्मेवारी

२० माघ २०७४, शनिबार १९:४२
काठमाडौं, २१ माघ । सरकारले प्रदेश सरकारका ५ सय ५६ वटा कार्य जिम्मेवारीसहितको विस्तृतीकरण प्रतिवेदन (मार्गनिर्देशन) सातै प्रदेशमा पठाएको छ। साधन-स्रोत र कर्मचारीको चर्को अभाव खेप्नुपरे पनि केन्द्रले सम्पूर्ण कार्य जिम्मेवारी र अधिकारसहितको स्पष्ट मार्गनिर्देशन पठाएपछि सातै प्रदेशका सरकारलाई काम गर्न सहज हुने भएको छ। दुई साताभित्र गठन हुने प्रदेश सरकारले […]