वाम गठबन्धानका उम्मेदवारको प्रचार अभियान सुरु

२३ कार्तिक २०७४, बिहीबार १९:३३
 

सदरलाइनडटकम 
२३ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा वामगठबन्धनका उम्मेदवारलाई विजयी बनाउन संयुक्त वामगठबन्धन निर्वाचन परिचालन कमिटी, क्षेत्र नं २ (ख) बाँकेले अभियान सुरु गरेको छ ।
बाम गठबन्धनलाई जिताउने उद्द्कोषका साथ संयोजक रबिन्द्र लम्सालको अध्यक्षतामा बिहीवार नेपालगन्जमा बसेको बैठकले वडा तहसम्म प्रचार अभियानको कार्ययोजना तय गरेको जनाएको छ । कार्तिक २७ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन क्षेत्रमा पर्ने १४ वटै वडामा घरदैलो कार्यक्रम समेत तय गरेको संयोजक लम्सालले जानकारी दिए ।
वैठकलेको निर्वाचन परिचालन कमिटीको सचिवमा दत्तप्रसाद आचार्यलाई चयन गरेको छ । यसैगरी निर्वाचन क्षेत्र नं.२ (ख) अन्तर्गत संयुक्त वामगठबन्धन वडा निर्वाचन परिचालन कमिटीमा संयोजक र सह संयोजक समेत चयन गरेको संयोजक लम्सालले जानकारी दिए ।
संयुक्त वामगठबन्धन वडा निर्वाचन परिचालन कमिटी वडा नं. १मा संयोजकः प्रमोद रिजाल, सह संयोजकः मम्मु सिंह बम, वडा नं.२ मा संयोजकः हिराधर गैरे, सह संयोजकः विमला गौतम, वडा नं.३ मा संयोजकः अयुव सिद्दीकी, सह संयोजकः अब्दुललतिफ अन्सारी, वडा नं.४मा संयोजकः तारा खत्री, सह संयोजक चेतबहादुर गुरुङ, वडा नं. ५ मा संयोजक ःसब्बु खाँ, सह संयोजक रमजान अलीलाई तोकीएको छ ।
यसैगरी वडा नं. ६ मा संयोजकः दुर्गासिंह गुरुङ, सह संयोजकः हिरासिंह बुढामगर, वडा नं. ७ मा संयोजकः जुम्मन खाँ, सह संयोजकः प्रशान्त श्रेष्ठ, वडा नं. ८ माः संयोजकः रिजवान शेष, सह संयोजकः अनिल गुप्ता रहेका छन् ।
यसैगरी वडा नं.९मा संयोजकः बिष्णुबहादुर लामा, सह संयोजकः भुपालसिंह खड्का, वडा नं. १० मा संयोजकः रमेशबहादुर शाह, सह संयोजकः चन्द्रप्रकाश श्रेष्ठ, वडा नं. ११मा संयोजकः नन्दकिशोर कहार, सह संयोजकः इमरान अन्सारी, वडा नं.१२मा संयोजकः नारायण शर्मा, सह संयोजकः शिला श्रेष्ठ, वडा नं.१४ मा संयोजकः ओमकारनाथ मिश्र, सह संयोजकः रामशंकर पासी र वडा नं.१५ मा संयोजकः धर्मेन्द्र बर्मा (राकेश), सह संयोजकःरमेश बर्मा (प्रधान) रहेका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकास होईन लोकतान्त्रिक गठबन्धनलाई जिताउने नेपालगन्जका मेयरको पहिलो प्राथामिकता

२३ कार्तिक २०७४, बिहीबार १९:३३
सदरलाइनडटकम     २३ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि मेयर डा. धवल शम्शेर राणाले लोकतान्त्रिक गठबन्धनको लागि प्रचार अभियान तीब्र पार्ने बताएका छन् । लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार अभियान तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालगन्ज उप–महानगरका मेयर तथा राप्रपाका महामन्त्री […]