नेपालगन्जलाई सफा र हरियाली शहर बनाउने एमालेको प्रतिबद्धता

८ असार २०७४, बिहीबार २०:३३
 

सदरलाइनडटकम 
८ असार, नेपालगन्ज : नेकपा एमालेका नेपालगन्ज उप–महानगरमा मेयर पदका उम्मेदवार समशुद्धिन सिद्धिकी र उपमेयरकी उम्मेदवार शान्ति ढकालले नेपालगन्जलाई सफा र हरियाली शहर बनाउने प्रतिबद्धता गरेका छन् ।
नेपालगन्जको १३ र १६ नम्बर वडाको घरदैलोका क्रममा एमालेका उम्मेदवारले त्यस्तो प्रतिबद्धता गरेका हुन् । नेपालगञ्जको फोहोर प्रमुख समस्या रहेकाले त्यसको व्यवस्थापन र शहरलाई हरियाली बनाउनेमा एमालेका उम्मेदवारले जोड दिए ।
नालीको उचित निकास र नयां जोडिएका वडाहरुमा पीच सडकको सन्जाललाई जोडेर नगरलाई डुवानबाट मुक्त गर्ने कुरालाई पनि एमालेका उम्मेदवारले प्राथमिकता दिएका छन् ।
हरेक दिन वडागत तालिका बनाएर घरदैलोमा हिडेका एमालेका उम्मेदवारहरुले बिहीबार बिहान १३ र अपरान्ह १६ मा पुगेर मत मागेका छन् । ‘जहां जादा पनि स्थानीयहरु एमालेप्रति उत्साहित भएको पाएका छौं, मेयरका उम्मेदवार सिद्धिकीले भन्नुभयो, स्थानीयको स्वागत र सम्मानले हामीलाई खुशी बनाएको छ ।’एमालेका उम्मेदवार, नेता तथा कार्यकर्ताले घरदैलोका क्रममा स्थानीयलाई मत हाल्ने तरिका पनि सिकाएका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कांग्रेसलाई हार्ने छुट छैन : बरिष्ठ नेता पौडेल

८ असार २०७४, बिहीबार २०:३३
सदरलाइनडटकम १० असार, नेपालगन्ज : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नं. ६ र ७ को प्रवेश द्वारको रुपमा रहेको बाँके पश्चिम नेपालकै महत्वपूर्ण ठाउँ भएले नेपाली कांग्रेसलाई कुनै पनि अवस्थामा जिताउन आह्वान गरेका छन् । नेपाली कांग्रेस बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने–‘यो […]