बर्दियाको ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

सदरलाइन संवाददाता ६ आश्विन २०८३, मंगलवार १९:५३
 
समाचार सारांश
Generated Using AI
  • बर्दियाका मधुवन र ठाकुरबाबा नगरपालिकामा युवा उद्यमको प्रगति, सहयोग सामग्रीको उपयोग र व्यवसायीका चुनौतीबारे संयुक्त स्थलगत अनुगमन गरिएको छ।
  • अनुगमनमा विभिन्न युवा उद्यमीका बंगुरपालन, बाख्रापालन, कुखुरापालन, किराना तथा तयारी खाना लगायतका व्यवसायको अवस्था अवलोकन गरिएको थियो।
  • उद्यमलाई दिगो बनाउन निरन्तर प्राविधिक सहयोग, बजार पहुँच, संस्थागत समन्वय तथा नियमित अनुगमन आवश्यक रहेकोमा जोड दिइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबको आयोजना तथा र मधुवन तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा युवा सशक्तिकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत पालिकास्तरीय संयुक्त स्थलगत अनुगमन गरिएको छ ।

असोज ४ र ५ गते गरिएको अनुगमनमा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमको प्रगति, सहयोग सामग्रीको उपयोग, व्यवसायको अवस्था तथा उद्यमीले भोगिरहेका चुनौतीबारे जानकारी लिइएको थियो ।

सो क्रममा मधुवन नगरपालिकामा वडा नं. १ र २ का पाँचवटा युवा उद्यमको अनुगमन गरिएको थियो । टोलीले उर्मिला थारुको ठेला व्यवसाय, पविता थारुको किराना पसल, स्वस्तिका थारुको बाख्रापालन तथा पुनम थारु र रिना थारुको बंगुरपालन व्यवसायको अवलोकन गरेको थियो ।

अनुगमनका क्रममा उद्यमीहरूसँग व्यवसायको वर्तमान अवस्था, परियोजनाबाट प्राप्त सहयोग तथा सामग्रीको उपयोग, व्यवसाय सञ्चालनका अनुभव, हालसम्मको प्रगति, समस्या तथा आगामी सम्भावनाबारे प्रत्यक्ष छलफल गरिएको थियो ।

मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरी, वडा नं. २ का वडाध्यक्ष आशाराम चौधरी, वडा नं. १ का वडाध्यक्ष मीनबहादुर थापा, महिला तथा बालबालिका इकाइ प्रमुख इन्द्रकुमारी चुनारा, रोजगार इकाइ प्रमुख जानकीकुमारी नेपाली, पशु सेवा इकाइ प्रमुख गणेशबहादुर बोहोरा तथा पशु सेवा प्राविधिक इन्द्रबहादुर थारु अनुगमन टोलीमा सहभागी थिए ।

त्यसैगरी ठाकुरबाबा नगरपालिकाको वडा नं. ३, ४ र ५ मा नसीब थारु, जानकी थारु र व्यवस्थाको बंगुरपालन, नम्रताको तयारी खाना तथा मीरा थारुको कुखुरापालन व्यवसायको अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले युवा उद्यमीसँग प्रत्यक्ष छलफल गर्दै व्यवसाय सञ्चालनको अवस्था, परियोजनाबाट प्राप्त सहयोगको उपयोग, चुनौती तथा आगामी आवश्यकताबारे जानकारी लिएको थियो । उद्यमलाई दीगो बनाउन निरन्तर प्राविधिक सहयोग, बजारसँगको पहुँच, संस्थागत समन्वय र नियमित अनुगमन आवश्यक रहेकोमा जोड दिइएको थियो ।

ठाकुरबाबा नगरपालिकाबाट वडा नं. ५ का वडाध्यक्ष शम्भु थारु, वडा सदस्य पूजा परियार, वडा नं. ४ की वडा सदस्य रामरानी थारु, महिला तथा बालबालिका इकाइ प्रमुख गोगनसरा आचार्य, रोजगार इकाइ प्रमुख रविन्द्र अर्याल, पशु सेवा इकाइ प्रमुख चन्द्रबहादुर महतारा तथा उद्यम विकास इकाइ प्रमुख ओमबहादुर महतारा अनुगमन टोलीमा सहभागी रहेका थिए ।

दुबै पालिकाको अनुगमनमा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, सदस्य शंकरसिंह थारु, परियोजना संयोजक राधेकृष्ण थारु तथा सम्बन्धित क्षेत्रीय कर्मचारी सहभागी भएका थिए ।

संयुक्त अनुगमनले स्थानीय सरकार, कार्यान्वयन संस्था र युवा उद्यमीबीचको समन्वय थप मजबुत बनाउँदै परियोजनाबाट प्राप्त सहयोगलाई प्रभावकारी बनाउन तथा आगामी सहयोगका क्षेत्र पहिचान गर्न सहयोग पुगेको आयोजकले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहारको जमालपुरमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन–२०२६ सम्पन्न

६ आश्विन २०८३, मंगलवार १९:५३
समाचार सारांश Generated Using AI बर्दियाका मधुवन र ठाकुरबाबा नगरपालिकामा युवा उद्यमको प्रगति, सहयोग सामग्रीको उपयोग र व्यवसायीका चुनौतीबारे संयुक्त स्थलगत अनुगमन गरिएको छ।अनुगमनमा विभिन्न युवा उद्यमीका बंगुरपालन, बाख्रापालन, कुखुरापालन, किराना तथा तयारी खाना लगायतका व्यवसायको अवस्था अवलोकन गरिएको थियो।उद्यमलाई दिगो बनाउन निरन्तर प्राविधिक सहयोग, बजार पहुँच, संस्थागत समन्वय तथा […]