बाँकेमा संभावित भारी वर्षातबाट हुनसक्ने क्षति प्रतिकार्यका लागि तयारी

सदरलाइन संवाददाता ८ आश्विन २०८३, बिहीबार १५:०८
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा असोज ९–१२ गतेसम्म सम्भावित अतिभारी वर्षाबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारी तीव्र पारिएको छ।
  • स्थानीय तह, सुरक्षा निकाय र विपद् क्षेत्रमा कार्यरत संघसंस्थाबीच छलफल गरी जोखिमयुक्त बस्ती, आश्रयस्थल, उद्धार उपकरण तथा क्यूआरटी/आरआरटी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।
  • जलविज्ञान कार्यालयका अनुसार बंगालको खाडीको न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले शुक्रबार उच्च बहाव तथा शनिबार–आइतबार राप्ती, तिनाउ र बबई नदीमा बाढीको जोखिम बढ्नेछ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : सम्भावित अतिभारी वर्षालाई मध्यनजर गर्दै बाँकेमा विपद् पूर्वतयारीलाई तिव्र पार्ने क्रममा बिहिबार विपद प्रतिकर्यमा कार्यरत संघसस्थाका प्रतिनिधि संग छलफल गरिएको छ ।

मौसम पुर्वानुमान महाशाखाले असोज ९ देखि १२ गतेसम्म भीषण वर्षाको पूर्वानुमान प्रक्षेपण गरेपछि बाँकेमा सो विपदबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्नको लागि सम्पुर्ण विपदको क्षेत्रमा क्रियाशिल संस्था तथा स्थानीय तहका विपद फोकलपर्सन, सुरक्षा निकायको संयुक्त बैठक बसेर आवश्यक तयारी तिव्र पारिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक दिलकुमार तामाङ्गले संभावित विपदको प्रतिकार्य तयारीका लागि सरोकारवाला निकायसहित संयुक्त बैठक बसेर असोज ९–१२ लाई संवेदनशिल रुपमा लिएर पूर्वतयारी पुरा भएको बताए ।

उनले सो बैठकले विभिन्न निर्णय समेत गरेको जनाकारी दिए । बैठकले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन प्राधिकरणबाट जारी हुने मौसम पूर्वानुमान र विपद् सम्बन्धी सूचनाको पालना गर्ने सबै सरोकारवाला निकायले प्रभावित समुदायसम्म सुचना पुराउने जस्ता निर्णय भएको बताए ।

यसैगरी सबै स्थानीय तह र विषयगत कार्यालयहरुले सम्भावित बाढी, डुवान, कटान र पहिरोको जोखिमयुक्त बस्तीको जोखिम अवस्था विश्लेषण गरी सुरक्षीत आश्रय स्थल व्यवस्थापन, खुला स्थानको समूचित प्रबन्ध, सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरणहरु तयारी अवस्थामा राख्ने, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनको लागि क्यूआरटी र आरआरटीलाई तयारी अवस्थामा राख्ने लगायतका निर्णय भएको बताए ।

जलविज्ञान कार्यालय कोहलपुरका सिनियर डिभिजनल हाईड्रोलोजिष्ट रामप्रसाद अवस्थीले बंगालको खाडिबाट न्यन चापिय प्रणालीको प्रभाव आज रातिदेखि सक्रिय हुने जानकारी दिए ।

उनका अनुसार भोली अर्थात शुक्रबार उच्च बहाव हुने खतरा रहेको शनिबार र आईतबार लुम्बिनीका राप्ती, तिनाहु र बबई नदीमा बढीको उच्च जोखिम रहेको  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘जुमा विजिनेएण्ड प्रोफसनल फुटसल कप २०८३’ हुने

८ आश्विन २०८३, बिहीबार १५:०८
समाचार सारांश Generated Using AI बाँकेमा असोज ९–१२ गतेसम्म सम्भावित अतिभारी वर्षाबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारी तीव्र पारिएको छ।स्थानीय तह, सुरक्षा निकाय र विपद् क्षेत्रमा कार्यरत संघसंस्थाबीच छलफल गरी जोखिमयुक्त बस्ती, आश्रयस्थल, उद्धार उपकरण तथा क्यूआरटी/आरआरटी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।जलविज्ञान कार्यालयका अनुसार बंगालको खाडीको न्यूनचापीय प्रणाली […]