समाचार सारांश
- बर्दियाको बढैयाताल गाउँपालिका–९ टेसनपुरमा किसानहरूको उत्पादन, आय र जीवनस्तर सुधार गर्ने उद्देश्यसहित ‘फोर बेटर्स मोडेल भिलेज’ परियोजना शुभारम्भ गरिएको छ ।
- एफएओको सहयोगमा मुक्त कमैया र भूमिहीन सुकुम्बासीसहित ३० घरधुरी किसानलाई उत्पादन, पोषण, वातावरण र जीवनस्तर सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने भएको छ ।
- कार्यक्रममा कृषि मन्त्री दिनेश पन्थीले परियोजनाले किसानको स्वास्थ्य र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।

नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिकामा किसानहरूको जीवनस्तर उकास्ने उद्देश्यका साथ ‘फोर बेटर्स मोडेल भिलेज’ को शुभारम्भ नेपालगञ्जमा गरिएको छ ।
एफएओको सहयोगमा बर्दिया बढैयाताल गाउपालिका वडानं ९ टेशनपुरका किसानको उत्पादन वृद्धि गरी उनीहरूको आयस्तरसँगै जीवनस्तर उकास्ने परियोजनाको लक्ष्य रहेको छ । यसले उत्पादन, बातावरण, पोषण र उच्च जिवनस्तर बनाउन मद्दत गर्छ ।
किसानलाई उत्पादनमा जोडेर उनीहरूको आयस्तरसँगै जीवनस्तर र पोषण अवस्था उकास्ने परियोजनाको रुपमा बर्दियाको बढैयाताल गाउँपालिका वडानं ९ टेसनपुरलाई ‘फोर बेटर्स मोडेल भिलेज’ को बिकसित गरिने भएको हो ।
मुक्त कमैया, भुमिहिन सुकुम्बासी ३० घरधुरी किसानलाई एफएओको सहयोगमा ‘फोर बेटर्स मोडेल भिलेज’ शुभारम्भ गरिएको पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले ‘फोर बेटर्स मोडेल भिलेज’ को अवधारणाले किसानलाई उत्पादन, स्वाथ्य र जीवनस्तरमा परिवर्तन ल्याउने कुरमा आफु विश्वस्थ रहेको बताए ।

टेसनपुर नमूना कृषक समूहका अध्यक्ष देवीघर्ती मगरले खाली समयमा अरुको कुराकाटेर समय विताउनेहरु फोर बेटर्स मोडेल भिलेजको रुपामा टेसनपुर स्थापनापछि अहिले ती महिलाहरूले उत्पादनसँग जोडिएर आयआर्जन थालेको बताईन ।
एफएओका नेपाल–भूटान प्रतिनिधि केन सिमिजुले परियोजनाको उद्देश्यबारे प्रकाश पार्दै कार्यान्वयन प्रक्रियामा देखिएका सकारात्मक उपब्धीले उत्साहित बनाएको धारणा राखेका थिए ।
कार्यक्रममा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बढैयातालको वडानं ९ टेसनपुरलाई ‘फोर बेटर्स मोडेल भिलेज’ को रुपमा विकास गरेर किसानको जीवनस्तर उकास्न गरेको पहलप्रति एफएओलाई धन्यबाद दिईन ।


