समाचार सारांश
- बाँकेमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत चालू आर्थिक वर्षमा हालसम्म ६ हजार २ सय ५६ जनाले सेवा लिएका छन् । सेवा लिनेमा ४ हजार ४ सय १८ पुरुष र १ हजार ८ सय ३८ महिला रहेका छन् ।
- जिल्ला प्रशासन कार्यालय बाँकेस्थित आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सूचना, परामर्श, कानुनी सहजीकरण, सीप विकास, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरतामा काम गरिरहेको जनाएको छ ।
- कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी तथा अङ्गभङ्गका ६५ उजुरीमध्ये १४ वटा समाधान गरिएको छ भने ३३ लाख ६५ हजार रुपैयाँ ठगी रकम सहजीकरण गरिएको कार्यक्रम संयोजक कमल सिंह नेपालीले जानकारी दिए ।

नेपालगञ्ज : बाँकेमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट ६ हजार बढीले सेवा लिएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतामा काम गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा रहेको आप्रवासी स्रोत केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्म ६ हजार २ सय ५६ जनालाई सेवा प्रदान गरिएको आप्रवासी स्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता आस्था पोखरेलले जानकारी दिईन ।
उनले दिएको जानकारी अनुसार सेवा लिएका ६ हजार २ सय ५६ मध्ये पुरुष ४ हजार ४ सय १८ जना र महिला १ हजार ८ सय ३८ छन् ।
आप्रवासी स्रोत केन्द्रमा सेवा लिन आउनुभएका कोहलपुरका आरती पौडेल र कृष्णबहादुर खत्रीले आफूहरूले सूचना र परामर्श पाउँदा धेरै लाभान्वित भएको बताए ।

कार्यक्रम संयोजक कमल सिंह नेपालीले आप्रवासी स्रोत केन्द्र सामीले वैदेशिक रोजगारका सम्भावित कामदारलाई आवश्यक सूचना र परामर्श दिने बताए ।
नेपालीका अनुसार बाँकेमा ठगी, अङ्गभङ्गका ६५ केश दर्ता भएकोमा १४ वटा समाधान भएका छन् । सामीले ३३ लाख ६५ हजार ठगी रकम सहजीकरण गरेको छ । गत आर्थिक वर्षको बाँकी ११ लाख ५० रुपैयाँ पनि सहजीकरण गरिएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सूचनामा पहुँच, न्यायमा पहुँच (कानुनी सहजीकरण), सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतामा काम गरिरहेको छ ।
चालू आर्थिक वर्षको हालसम्म ६ हजार २ सय ५६ जनालाई सेवा प्रदान गरिएको हो । ती मध्ये पुरुष ४ हजार ४ सय १८ जना र महिला १ हजार ८ सय ३८ छन् ।


