सिक्टाको नहरबाट पानी पाउन थालेपछि बाँकेमा बसन्ते मकै खेतीगर्ने किसान बढ्दै

रुद्रप्रसाद सुवेदी २२ बैशाख २०८३, मंगलवार १९:१३
 
समाचार सारांश
Generated Using AI
  • सिक्टा सिँचाइ आयोजनाको नहरबाट उपलब्ध पानीले बाँकेका किसानको खेती प्रणालीमा ठूलो परिवर्तन आएको छ।
  • पहिले आकाशे पानीमा निर्भर किसान अहिले तीनखेती गर्दै बसन्ते मकैजस्ता नगदे बाली उत्पादन गर्न थालेका छन्।
  • यसले उत्पादन र आम्दानी दुवै बढाउँदै किसानको जीवनस्तर सुधारतर्फ अग्रसर गराएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको नहरबाट छाडिएको पानीको प्रयोगले आकासे पानीको भरमा खेती गर्दै आएका बाँकेका किसानका लागि आफ्नो खेती चक्र नै फेरिए भैm लाग्न थालेको छ ।

आकाशे पानीको भर परेर मुस्किलले दुईखेति गर्ने किसान सिक्टाको नहरबाट पानी पाउन थालेपछि बाँकेका किसानले नगदे खेतीको रुपमा बसन्ते मकैसहित तीनखेती लाउन थालेका थालेका हुन ।

बाँके राप्तीसोनारी–८ बालापुरका तिर्थबहादुर खत्री नियमित सिक्टाको पानी सिचाईको लागि उपलब्धता हुन थालेपछि नगदे बालिको रुपमा बसन्ते मकै लगाउन थालेको बताए । उनले भने–‘पहिला सिचाईको अभावमा मुस्किलले दुई खेती हु्ने गरेको थियो सिक्टाबाट पानी सिचाईको लागि लिफ्ट सिस्टमबाट पाउन थाले पछि गाउको मुहार नै फेरिएको छ ।’

निकुञ्जको नजिकको बालापुरमा सिचाई सुविधा नहुदा उत्ति जमिनबाट उत्पादनले वर्षभरी खान पनि नपुग्ने ठाँउमा अहिले तीन खेती हुँदा उत्ती जमिनले खान पनि पुगेर बेच्न पनि पुगेको उनको भनाई छ ।

अगुवा किसान तथा सिचाई महासंघ बाँकेका पुर्व अध्यक्ष सालिक राम डाँगीले सिक्टा नहरको पानीले गर्दा किसानको खेती चक्र नै फेरीएको बताए ।


उनले सिक्टाको नहरबाट पानी अउन थालेपछि आकाशे पानीको भरमा खेती गर्ने किसानले नगदे बालीको रुपमा बसन्ते मकैको खेती गर्न थालेको बताए ।

‘गर्मीयाममा खेर जाने जमीनमा सिक्टाको नहरबाट पानी पाउन थालेका किसानले खेर गएको जमिनको उपयोग गर्दै बसन्ते मकैको खेती गरेर आम्दानी पनि बढाउन पाएका छन्’– उनले भने–‘बसन्ते मकै नगदे बालीको रुपमा तत्कालै बिक्रि हुने भएकोले पनि किसानको पनि रोजाईको खेती भएको छ ।’

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा कृषि अर्थ निर्देशक डा.विनोेद घिमिरेले बाँकेमा ४ हजार २ सय हेक्टर बढीमा बसन्ते मकै खेती हुने बताए । उनले सिक्टा नहरको पानीका कारण बसन्ते मकै खेती प्रति आकर्षण बढेको बताए ।

सिचाईको अभावमा बाँकेमा आकाशे पानीको भरमा खेती गदै आएका बाँकेका किसानले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाले नहर निर्माणकै क्रममा छाडेको पानीको प्रयोगले यहाँका किसानलाई तीन खेतिगर्न सहज भएको छ ।

नहरमा नियमित पानी आउने भएपछि गर्मीयाममा खाली हुने जमिनमा नगदे बालिको रुपमा बसन्ते मकैको खेतीमा किसान को अकर्षण बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर गोल्डकप : लालीगुराँस र नेपाल पुलिस विजयी

२२ बैशाख २०८३, मंगलवार १९:१३
समाचार सारांश Generated Using AI सिक्टा सिँचाइ आयोजनाको नहरबाट उपलब्ध पानीले बाँकेका किसानको खेती प्रणालीमा ठूलो परिवर्तन आएको छ।पहिले आकाशे पानीमा निर्भर किसान अहिले तीनखेती गर्दै बसन्ते मकैजस्ता नगदे बाली उत्पादन गर्न थालेका छन्।यसले उत्पादन र आम्दानी दुवै बढाउँदै किसानको जीवनस्तर सुधारतर्फ अग्रसर गराएको छ। यो सारांश AI द्वारा सिर्जना […]

सम्बन्धित