प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नाईजेरियन टोलीलाई

सदरलाइन संवाददाता ६ बैशाख २०८३, आईतवार १९:४६
 
समाचार सारांश
Generated Using AI
  • खजुरामा भएको प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जष्ट जोन एफसीले जित्यो।
  • फाइनलमा जष्ट जोनले भारतको जेविएम क्लब लखनउलाई ४–० गोल अन्तरले पराजित गर्‍यो।
  • विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

खजुरा (बाँके) :  बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नाईजेरियन टोली जष्ट जोन एफसीले चुम्न सफल भएको छ ।

खजुरा–४ डि गाउँस्थित मिनी रंगशालामा आईतबार भएको फाईनल खेलमा नाईजेरियन टोली जष्ट जोनले जेविएम क्लव लखनउ भारतलाई शुन्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो ।

नाईजेरियन टोली जष्ट जोनले उपाधीसंगै ७ लाख नगद र ट्रफि हासिल गरे भने जेविएम क्लव लखनउ भारतले दोेस्रो हुदै ४ लाख र ट्रफि हात पारेका छन ।

नाइजेरियाका जर्सी नम्बर ३ का कलव कोनले दोश्रो हाफको ३४ र ४० मिनेटमा गोल गरे । यसैगरी जर्सी नम्बर २४ का एडवार्ड थोमसले दोस्रो हाफको १९ र जर्सी नम्बर २६ का ओलावी अफीजले २४ मिनेटमा गोल गरेका थिए ।


प्रतियोगितामा नाइजेरियाका खेलाडीहरु गोलरक्षक लेकन शितु,उत्कृष्ट रक्षक र म्यान अफ द म्याच बिल्गो, एडवार्ड प्लेयर अफ द पिस घोषित भए ।

यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्बाधिक गोलकर्ता घोशीत भए । विजेता टोली र खेलाडीलाई आयोजक न्यू डाँफे स्पोटस क्लवका अध्यक्ष बालाराम खत्री, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।

न्यु डाँफे स्पोट्र्स क्लबको आयोजनामा चैत ३० देखि सुरु भएको प्रतियोगितामा गोर्खा ब्वाइज स्पोट्र्स क्लब बुटवल,सङ्कटा एफसी, न्यु डाँफे स्पोट्र्स क्लब, जेभिएम फूटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौं र नाइजेरियन जोन क्लब नाइजेरिया गरि ८ टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्ष बनाउन नेपालगञ्जका स्वास्थ्यकर्मीलाई तालिम

६ बैशाख २०८३, आईतवार १९:४६
समाचार सारांश Generated Using AI खजुरामा भएको प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जष्ट जोन एफसीले जित्यो।फाइनलमा जष्ट जोनले भारतको जेविएम क्लब लखनउलाई ४–० गोल अन्तरले पराजित गर्‍यो।विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज : बाँके […]