Sadarline
२०८३ असोज २४ , शनिबार

मौसम परिवर्तका कारण रुघाखोकी र ज्वरोका बिरामी बढ्दोमात्रामा



नेपालगञ्ज : मौसममा आएको अप्रत्याशित परिवर्तनका कारण मानिसहरुमा रुघाखोकी र ज्वरोका बिरामी पर्न थालेका छन् । केही दिन अघिसम्म रहेको अत्यधिक जाडो र त्यसपछि शुरु भएको हल्का गर्मीका कारण ज्वरो, रुघाखोकी, निमोनिया र पखालाका बिरामीको संख्या बढेका हुन ।

नेपालगञ्जको भेरी अस्पताल मौसम परिवर्तन भइरहेकोले उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने लगायतका लक्षण देखिने बिरामी फेरी अस्पतालमा सबैभन्दा बढी आउन थालेको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा. संकेत कुमार रिसालका अनुसार अहिले सोही कारणले अहिले अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको पनि बताए । अस्पतालको बहिरंग विभागमा आउने मध्ये आधा भन्दा बढी विरामी भाइरल फ्लुकै विरामी हुने गरेको भेरी अस्पतालले जनाएको छ ।

यसैगरी नेपालगञ्जस्थित सन्जिवनी अस्पतालले पनि पछिल्लो समयमा मौसममा आएको परिवर्तनका कारण भाइरलफ्लुका बिरामीहरु उपचारका लागि अस्पतालमा धेरै आइरहेको जनाएको छ । सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले पछिल्लो समयमा रुघाखोकी, ज्वरो र पखाला लगायतका धेरै बिरामी अस्पतालमा उपचार गराउन आइरहेको बताए ।

मौसमका कारण भाइरलको सङ्क्रमण भएर उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्यामा बिरामीको संख्या बढेको ती अस्पतालले जनाएका छन् ।

यसैगरी चिकित्सकहरुका नीजि क्लिनिकहरुमा पनि केही दिनयता भाइरल ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीहरु आउनेक्रम बढेको चिकित्सकहरुले जनाएका छन् ।

निजि क्लिनिक सञ्चालन गरिरहेका वरिष्ठ फिजिसियन डा. प्रकाश नागले मौसम परिर्वतन, दुषित पानी र खानपिनमा उचित ध्यान नपु¥याउँदा अहिले बिरामी धेरै बढेको बताए ।

उनले हाल देखिएको भाइरल ज्वरोबाट निको हुन सात दिन भन्दा बढी समय लाग्ने र ज्वरो पनि निकै कडा खालको हुने गरेकोले समयमै उपचार सुरु गर्नुपर्ने बताए । केही दिनदेखि मौसममा देखिएको परिवर्तका कारण मानिसहरु धमाधम विरमी पर्नथालेको छन ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार
ताजा समाचार