लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन : फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियान सुरु

सदरलाइन संवाददाता १० चैत्र २०८२, मंगलवार १२:३४
 
समाचार सारांश
Generated Using AI
  • लुम्बिनी सांस्कृतिक नगरपालिका–५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’ को उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन्।
  • लुम्बिनी क्षेत्रको फोहोर व्यवस्थापन सुधार गरी पर्यटन छवि सकारात्मक बनाउने उद्देश्य रहेको बताइएको छ।
  • यूएनडीपी र कोका–कोला फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने केन्द्रले हरित अर्थतन्त्र र दिगो विकासमा योगदान दिने लक्ष्य लिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

लुम्बिनी : लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडानं. ५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’ को उदघाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार उक्त केन्द्रको उदघाटन गरेका हुन ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रलाई सरसफाइमा नमुना बनाउने दिशामा महत्वपूर्ण सुरुवात भएको बताए । उनले वर्षेनी १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा विगतमा फोहोरका कारण बिग्रिएको छवि अव छवि सकारात्मक रुपमा बदलिने उल्लेख गरे ।

‘लुम्बिनी परिसर वरिपरि फोहोरका थुप्रा हुने, पर्यटकले नाकमुख छोपेर हिँड्नुपर्ने अवस्था थियो । अब त्यो परिस्थितिको अन्त्य हुँदैछ,’उनले भने ‘आज त्यो फोहोरलाई यहाँ ल्याएर मोहरमा परिणत गर्ने उद्देश्यका साथ यो काम अघि बढाइएको छ ।’


मुख्यमन्त्री आचार्यले फोहोर व्यवस्थापन लुम्बिनी सांस्कृतिक नगरपालिकाको मात्र नभई प्रदेश सरकारको पनि साझा जिम्मेवारी भएको स्पष्ट पारे । उनले प्रदेश सरकारले यस्ता योजनाको कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यस आयोजनालाई प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गरे ।

उनले ‘ग्रेटर लुम्बिनी’ अवधारणाअन्तर्गत आवश्यक बजेट सुनिश्चित भएको जानकारी दिदै अव योजनाले पूर्णता पाउने विश्वास व्यक्त गरे । साथै, लुम्बिनीलाई हरित सहरका रूपमा विकास गर्न प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने उनले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र द कोका–कोला फाउन्डेसनको सहकार्यमा सञ्चालनमा आएको उक्त केन्द्रले फोहोर व्यवस्थापनलाई दिगो विकास र हरित अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य रत्न खत्री र चन्द्रकेश गुप्ता, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक मेयर कल्पना हरिजन, यूएनडीपी नेपाल र द कोका–कोला फाउन्डेसनका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा प्रहरी र प्रदर्शनकारीबिच झडप : हवाई फायर, १० जना घाइते

१० चैत्र २०८२, मंगलवार १२:३४
समाचार सारांश Generated Using AI लुम्बिनी सांस्कृतिक नगरपालिका–५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’ को उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन्।लुम्बिनी क्षेत्रको फोहोर व्यवस्थापन सुधार गरी पर्यटन छवि सकारात्मक बनाउने उद्देश्य रहेको बताइएको छ।यूएनडीपी र कोका–कोला फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने केन्द्रले हरित अर्थतन्त्र र दिगो विकासमा योगदान दिने लक्ष्य लिएको छ। यो […]