नेपालगञ्ज–४ मा एमालेको प्रचार सम्पर्क कार्यालय सञ्चलनमा

सदरलाइन संवाददाता २७ माघ २०८२, मंगलवार १९:२१
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज–४ मा नेकपा एमालेको प्रचार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।
  • प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले उठाएका मुद्दाहरू अन्य दलले पनि समेटेकोमा धन्यवाद व्यक्त गरे।
  • घरदैलो अभियानमार्फत मतदाताको सुझाव संकलन गर्दै उनले फागुन ४ गते प्रतिबद्धता पत्र सार्वजनिक गर्ने बताएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले उठाएका मुद्दाहरूलाई अरू प्रतिस्पर्धीहरूले पनि उठाएकोमा सह्राना गरेका छन् ।

आज वडा नं ४ मा नेकपा एमालेको कार्यालय उद्घाटन गर्दै एमालेबाट उम्मेदवार रहेका राईले भभने–‘ मैले यहाँको आवश्यकता अनुसार उठाएका मुद्दाहरूलाई अरू दलका उम्मेदवारहरूले पनि क्यारी गर्न थाल्नुभएको छ । वहाँहरूलाई विशेष धन्यवाद छ ।’


बाँके क्षेत्र नं २ का मतदाताहरूको घरघरै पुगेर आफूले अहिले मतदाताको माग र चाहना बुझ्ने काम गरिरहेको बताएका राईले सोही अनुसार फागुन ४ गते आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जानकारी पनि दिए ।

उम्मेदवार राईले काम गरेको इतिहास र भविष्यमा पनि तुलनात्मकरूपमा काम गर्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न समेत मतदाता समक्ष आग्रह गरेका छन्् ।

कार्यालय उद्घाटनपछि राईले वडा नं ४ मा मतदाताहरूको घरघरै पुगेर मतदाताको अपेक्षा बट्लेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा प-यो: मुख्यमन्त्री आचार्य

२७ माघ २०८२, मंगलवार १९:२१
समाचार सारांश Generated Using AI नेपालगञ्ज–४ मा नेकपा एमालेको प्रचार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले उठाएका मुद्दाहरू अन्य दलले पनि समेटेकोमा धन्यवाद व्यक्त गरे।घरदैलो अभियानमार्फत मतदाताको सुझाव संकलन गर्दै उनले फागुन ४ गते प्रतिबद्धता पत्र सार्वजनिक गर्ने बताएका छन्। यो सारांश AI द्वारा सिर्जना गरिएको […]

ताजा अपडेट