२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

क्षेत्रनं. २ का मतदातको सुझाव संकलन गर्दै नेपालगञ्ज १० मा एमाले उम्मेदवार राई




नेपालगञ्ज :  फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट बाँके क्षेत्रनं.२का उम्मेदवार मोहम्मद ईस्तियाक राईले शुक्रबार नेपालगञ्ज १० का मतदाताको सुझाव संकलन गरेका छन ।

नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १० मा शुक्रबार मतदाता घरदैलोमा पुगेर मतादाताको सुझाव संकलन गर्नुको साथै भेटघाट भेटघाट गरेको हुन ।

वडा नम्बर १० का स्थानीयले निर्वाचित भएपछि वडालाई विशेष ध्यान दिएर विकास निर्माणको काममा प्राथमिकता दिन आग्रह गरेका थिए ।

उम्मेदवार राईले आफू निर्वाचित भए क्षेत्रको समग्र विकासका लागि चाल्ने कदमका बारेमा प्रष्ट बारेमा प्रष्ट्याउदै विकासको लागि आफु हर संभव प्रयास गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार
ताजा समाचार