नेपाली कम्युनिष्ट पार्टी बाँके क्षेत्रनं. २ द्वारा आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक

सदरलाइन संवाददाता ३ फाल्गुन २०८२, आईतवार १४:०६
 
समाचार सारांश
Generated Using AI
  • फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार दिपेन्द्र विष्टले १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
  • उनले भ्रष्टाचारमुक्त समाज, सुशासन, आईटी मैत्री नेपालगञ्ज, बाढी समस्या समाधान, शिक्षा–स्वास्थ्य सुधार, कृषि र पर्यटन प्रवर्द्धनलगायतका एजेन्डा अघि सारेका छन् ।
  • कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा संविधान सभाकी पूर्व उपसभामुख पूर्णा सुवेदीले प्रतिबद्धता अक्षरशः कार्यान्वयन हुने दाबी गरेकी थिइन् ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

 

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य पदका उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्र तथा चुनावी घोषणा पत्र सार्वजनिक गर्न थालेका छन् ।

यसक्रममा नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्रनं २ का उम्मेदवार भएको दिपेन्द्र विष्टले आईतबार एक कार्यक्रमका बिच आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

भ्रष्टाचार मुक्त समाज, शुसासन, विकास र समृद्धिका लागि हाम्रो अभियान भन्ने मुल नारा बोकेका प्रत्यक्षतर्फका उम्मेदवार विष्टले विभन्न १४ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

प्रतिबद्धता पत्रमा भष्टचार मुक्त क्षेत्र शुन्य सहनशिलता, नेपालगञ्ज आईटी प्रविधि मैत्री सेवा र नवप्रवर्तन हव, डुडुवा र नेपालगञ्जको बाढी समस्याको स्थायी समाधान, पर्यटन र धार्मिक अर्थतन्त्र, मदरसा शिक्षाको आधुनिकिकरण गर्ने रहेका छन् ।


यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुद, औधोगिक कृषि र ब्यापारिक हव, एकीकृत कृषि बजार र हब निर्माण, सिचाई र प्रविधिमा लगानी, कृषि पर्यटन र विशिष्टिकरण, धार्मिक सहिष्णुता सामाजिक शान्ति, आर्थक सबलिकरण एबं समावेशी प्रतिनिधित्व, लागू औषध नियन्त्रण गुरु योजना, विद्युत र पूर्वाधरका सुविधाहरु शिर्षकमा बुदागत प्रस्तुत गरिएका छन् ।

सो अवसरमा कार्यक्रका प्रमुख अतिथी पार्टी केन्द्रीय सदस्य तथा संविधान सभाका पूर्व उपसभामुख पूर्णा सुवेदीले आज सार्वजनिक भएको प्रतिबद्धता पत्र अक्षरस पालना हुने बताईन । पार्टी केन्द्रीय सादस्य अकल बहादुर बमको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सहजिकरण डक्ट धितालले गरेका थिए ।

यो हो दिपेन्द्र विष्टको चुनावी प्रतिबद्धता पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगञ्जमा स्वागत

३ फाल्गुन २०८२, आईतवार १४:०६
समाचार सारांश Generated Using AI फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार दिपेन्द्र विष्टले १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।उनले भ्रष्टाचारमुक्त समाज, सुशासन, आईटी मैत्री नेपालगञ्ज, बाढी समस्या समाधान, शिक्षा–स्वास्थ्य सुधार, कृषि र पर्यटन प्रवर्द्धनलगायतका एजेन्डा अघि सारेका छन् […]

ताजा अपडेट