निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता

५० हजार पुरस्कार

सदरलाइन संवाददाता २७ माघ २०८२, मंगलवार ०९:०६
 
समाचार सारांश
Generated Using AI
  • निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ।
  • प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई पहिलो ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोगले जनाएको छ।
  • भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ ।

निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ ।


पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ ।

भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ । एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ । त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल [email protected] मा पठाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले डुडुवा संयोजकको जिम्मेवारी चौधरीलाई

२७ माघ २०८२, मंगलवार ०९:०६
समाचार सारांश Generated Using AI निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ।प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई पहिलो ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोगले जनाएको छ।भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक फागुन […]