अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा प-यो: मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता २८ माघ २०८२, बुधबार १४:२२
 
समाचार सारांश
Generated Using AI
  • मुख्यमन्त्री चेतनारायण आचार्यले अख्तियारको २१ बुँदे निर्देशनका कारण बजेट छुट्याइएका विकास निर्माणका कामसमेत कार्यान्वयनमा अवरोध भएको बताएका छन्।
  • बेनामे उजुरीका आधारमा पटक–पटक स्पष्टीकरण माग्दा कर्मचारीको मनोबल घटेको र “अख्तियार देखाएर काम नगर्ने” प्रवृत्ति बढेको उनले उल्लेख गरेका छन्।
  • भ्रष्टाचार नियन्त्रणका लागि वास्तविक दोषीमाथि कारबाही हुनुपर्ने भन्दै सबै राजनीतिक नेतृत्वलाई सामूहिक रूपमा दोष दिनु उचित नभएको उनले दाबी गरेका छन्
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बुधवार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नैपर्ने काममा बाधा उत्पन्न भएको भन्दै आयोगको ध्यानाकर्षण गराए ।

‘सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचार अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले रणनीतिक योजना बनाएर काम अघि बढाइसकेको छ । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश अग्रस्थानमा छ । तर, आज अख्तियारलाई देखाएर हुनैपर्ने काम नहुँदा सरकार मारमा परेको छ’ उनले भने,–‘सरकारले बजेट छुट्याएको छ । तर, कार्यान्वयन हुन सकेको छैन । यस प्रकारका विषयमा अख्तियार व्यवहारिक हुनुपर्छ भन्ने मेरो बुझाइ छ । गल्ती गर्ने कर्मचारीलाई कठघरामा उभ्याउनुपर्छ । तर, एउटा बेनामे उजुरीको भरमा पटकपटक कर्मचारीले स्पष्टीकरण दिनुपर्दा कर्मचारीको मनोबल घटेको छ । यो कुरालाई हेक्का राख्न जरुरी छ भन्ने ठानेको छु ।’ मुख्यमन्त्री आचार्यले कतिपय गर्नैपर्ने काम पनि अख्तियारको सिरान हालेर नगर्ने प्रवृत्ति बढ्दै गएको बताए।


‘यो कुरा विगत वर्षहरूमा पनि जोड दिएर भनेको थिएँ । विकास निर्माणका कामहरू अघि बढाइरहेका छौं । कतिपय कामहरू ऐलानी तथा सार्वजनिक जग्गामा गर्नुपर्ने हुन्छ । तपाईंहरूले परिपत्र गरिदिनुहुन्छ, राज्यको त्यो ठाउँमा लगानी भइसकेको छ, पुर्जा नभएका ठाउँमा लगानी नगर्नु भनेर पत्र पठाइदिनुहुन्छ’ उनले भने,‘राज्यको त्यहाँ करोडौं लगानी भइसकेको छ । भवन अधुरा छन् । खेल मैदान बनिरहेका छन् । अहिले आएर पुर्जा खोजिन्छ ।’

मुख्यमन्त्री आचार्यले सबै अङ्गहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो । ‘अख्तियारले हान्ने हो भने फिनि चोर्ने ठाउँमै हान्न सक्नुप-यो । त्यो भएको छ कि छैन, त्यसको आत्मसमीक्षा गर्न जरुरी छ’ उनले भने,–‘अर्को कुरा, आज हामी करप्सनका कुरा उठाइरहेका छौं । करप्सन कहाँबाट कसरी भइरहेको छ, कसले गरिरहेको छ, यसको पनि चुरो कुराको खोजबिन हुन जरुरी छ भन्ने मलाई लाग्छ । आज पनि त्यसको गाली राजनीतिक नेतृत्वले खाइरहेको छ । यसको अन्त्य हुन जरुरी छ । होला राजनीतिक नेतृत्वभित्रका दुई चार जना मान्छे बेठिक होलान् । तर, सबै आम रूपमा बेठिक छैनन्, किमार्थ छैनन्, यो म दाबीका साथ भन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस नेपालञ्जमा मनाईयो

२८ माघ २०८२, बुधबार १४:२२
समाचार सारांश Generated Using AI मुख्यमन्त्री चेतनारायण आचार्यले अख्तियारको २१ बुँदे निर्देशनका कारण बजेट छुट्याइएका विकास निर्माणका कामसमेत कार्यान्वयनमा अवरोध भएको बताएका छन्।बेनामे उजुरीका आधारमा पटक–पटक स्पष्टीकरण माग्दा कर्मचारीको मनोबल घटेको र “अख्तियार देखाएर काम नगर्ने” प्रवृत्ति बढेको उनले उल्लेख गरेका छन्।भ्रष्टाचार नियन्त्रणका लागि वास्तविक दोषीमाथि कारबाही हुनुपर्ने भन्दै सबै […]

ताजा अपडेट