एमाले डुडुवा संयोजकको जिम्मेवारी चौधरीलाई

सदरलाइन संवाददाता २७ माघ २०८२, मंगलवार १६:००
 
समाचार सारांश
Generated Using AI
  • नेकपा एमाले बाँकेले एक जानकारी पत्र जारी गर्दै डुडुवा गाउँपालिका सचिव महेश कुमार चौधरीलाई पालिका संयोजकको जिम्मेवारी प्रदान गरेको जनाएको छ।
  • पालिका अध्यक्ष विनय त्रिपाठी कार्यव्यस्तताका कारण पार्टीको काम कारबाहीमा समय दिन नसकेपछि सचिव चौधरीलाई संयोजकको जिम्मेवारी दिइएको बाँके एमाले अध्यक्ष निरक गुरुङले जानकारी दिए ।
  • संयोजक चौधरीले अध्यक्षले गर्ने सम्पूर्ण जिम्मेवारी सम्हाल्दै पार्टीको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नेमा पार्टी विश्वस्त रहेको जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेकपा एमाले डुडुवा गाउँपालिका बाँकेको संयोजकको जिम्मेवारी पालिका सचिव महेश कुमार चौधरीलाई दिइएको छ । नेकपा एमाले बाँकेले एक जानकारी पत्र जारी गर्दै एमाले पालिका सचिव चौधरीलाई पालिका संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

पालिका अध्यक्ष विनय त्रिपाठीले कार्यव्यस्तताका कारण पार्टीको काम कारवाही गर्नका लागि समय दिन नसकेको हुँदा सचिव चौधरीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जानकारी दिए ।


अध्यक्ष त्रिपाठीले समय दिन नसकेका कारण पार्टीको काम कारबाही गर्न असहज भएको हुँदा अध्यक्षले गर्ने सम्पूर्ण काम गर्ने गरी सचिव चौधरीलाई संयोजक बनाइएको गुरुङ्गले बताए ।

संयोजक चौधरीलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी पार्टीको विकास र बिस्तारमा सहयोग पु¥याउनेमा विश्वस्त रहेकोसमेत बाँके एमाले पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कांग्रेससँग मात्रै देश बदल्ने शक्ति छ : विश्वप्रकाश शर्मा

२७ माघ २०८२, मंगलवार १६:००
समाचार सारांश Generated Using AI नेकपा एमाले बाँकेले एक जानकारी पत्र जारी गर्दै डुडुवा गाउँपालिका सचिव महेश कुमार चौधरीलाई पालिका संयोजकको जिम्मेवारी प्रदान गरेको जनाएको छ।पालिका अध्यक्ष विनय त्रिपाठी कार्यव्यस्तताका कारण पार्टीको काम कारबाहीमा समय दिन नसकेपछि सचिव चौधरीलाई संयोजकको जिम्मेवारी दिइएको बाँके एमाले अध्यक्ष निरक गुरुङले जानकारी दिए ।संयोजक […]

ताजा अपडेट