कोहलपुरमा काँग्रेस उम्मेदवार गौडेलकोे चुनावी भेटघाट

सदरलाइन संवाददाता १ फाल्गुन २०८२, शुक्रबार १८:३७
 
समाचार सारांश
Generated Using AI
  • बाँके क्षेत्र नं. १ काँग्रेस उम्मेदवार नारायणप्रसाद गौडेलले कोहलपुर नगरपालिकाका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट गरेका छन् ।
  • उनीसँग कौशल्यानगर, पुष्पनगर र विकासनगरका स्थानीयले लालपूर्जा र आधारभूत पूर्वाधारको समस्या उठाउँदै समाधानको माग गरेका छन् ।
  • उम्मेदवार गौडेलले भूमिहीन, शिक्षा, रोजगारी र सामाजिक न्यायका मुद्दामा नीतिगत पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कोहलपुर (बाँके) :  नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायणप्रसाद गौडेलले कोहलपुर क्षेत्रका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम गरेका छन् ।

शुक्रबार कोहलपुर नगरपालिका वडानं. १ को कौशल्यानगर तथा वडानं. २ का पुष्पनगर र विकासनगरमा घरदैलोसँगै स्थानीयसँग भेटघाट गरेका हुन् । घरदैलोका क्रममा स्थानीय बासिन्दाले लामो समयदेखि लालपूर्जा नपाएको तथा बाटोघाटो लगायत आधारभूत पूर्वाधारको समस्या झेल्दै आएको गुनासो गरेका थिए ।

उम्मेदवार गौडेलले स्थानीयले उठाएका समस्याबारे आफू पूर्णरुपमा जानकार रहेको बताउँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।


उनले भूमिहीन समस्या समाधानतर्फ अघि बढिरहेको अवस्थामा जेन्जी आन्दोलनपछि बनेको सरकारले आयोग विघटन गर्दा प्रक्रिया अवरुद्ध भएको बताए । घरदैलोका क्रममा स्थानीयले लामो समयदेखि जनस्तरमा रहेर सेवा गर्दै आएका कारण गौडेलप्रति आफ्नो विश्वास रहेको बताएका थिए ।

यसैबीच शुक्रबार बिहान नेपाल दलित संघ बाँके क्षेत्रीय कार्यसमितिले उम्मेदवारसँग कोहलपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार गौडेल तथा समानुपातिक उम्मेदवार दीपनारायण वर्मा सहभागी भएका थिए ।

अन्तरक्रिया कार्यक्रममा शिक्षा, रोजगारी, सामाजिक न्याय र भूमिहीनताको मुद्दा उठाइएको थियो । उम्मेदवार गौडेलले ती विषयमा नीतिगत पहल गर्ने प्रतिवद्धता जनाएका छन् थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्षेत्रनं. २ का मतदातको सुझाव संकलन गर्दै नेपालगञ्ज १० मा एमाले उम्मेदवार राई

१ फाल्गुन २०८२, शुक्रबार १८:३७
समाचार सारांश Generated Using AI बाँके क्षेत्र नं. १ काँग्रेस उम्मेदवार नारायणप्रसाद गौडेलले कोहलपुर नगरपालिकाका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट गरेका छन् ।उनीसँग कौशल्यानगर, पुष्पनगर र विकासनगरका स्थानीयले लालपूर्जा र आधारभूत पूर्वाधारको समस्या उठाउँदै समाधानको माग गरेका छन् ।उम्मेदवार गौडेलले भूमिहीन, शिक्षा, रोजगारी र सामाजिक न्यायका मुद्दामा नीतिगत पहल गर्ने […]

ताजा अपडेट