मनोनयनको लागि तयारी अवस्थामा निर्वाचन अधिकृतको कार्यालय

सदरलाइन संवाददाता ६ माघ २०८२, मंगलवार ११:१७
 

नेपालगञ्ज : बाँकेमा प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताका लागि आवश्यक तयारी पुरा भएको मुख्यनिर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्बाचन अधिकृत दीपककुमार दाहालका आनुसार बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको लागि बिहान १० बजेदेखि सुरु हुने मनोनयन दर्ताका लागि कार्यालयमा उम्मेदवारका साथमा ६ जना लिएर आउने सहमती जुटेको छ ।


‘कार्यालयको गेटसम्म र्याली लियर आउन सकिने तर, कार्यालय भित्र ६ जनालाई मात्र अनुमति दिएका छौ’ मुख्यनिर्बाचन अधिकृत दाहालले भने ।

राजनीतिक दल तथा स्वतन्त्र उम्मेवारहरुले आफुलाई प्राप्त समय अनुसार मनोनयन पत्र दर्ता गराउन जाने तयारी अनुसार पार्टी कार्यालय तथा निर्वाचनका लागि खोलिएका सम्पर्क कार्यालय वरीपरी चहलपहल बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेनजी युवाहरु र सरोकारवालाहरु बिच संवाद

६ माघ २०८२, मंगलवार ११:१७
  नेपालगञ्ज :  युवा गैर सरकारी संस्था महासंघ बाँके शाखाले  नेपालगञ्जमा जेनजी युवाहरु र सरोकारवालाहरु बिच संवाद कार्यक्रम सम्पन्न गरेका छ । लामो समयदेखि गैरसरकारी क्षेत्रका युवा संघसंस्थाहरुलाई संगठित गर्दै उनीहरूको हक–अधिकार सुनिश्चित गर्ने, क्षमता अभिवृद्धि गर्ने र नीति निर्माण तहमा प्रभावकारी भुमिका खेल्ने काम गर्दै आएको युवा गैर सरकारी […]